आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

आइतबार सुधारको संकेत देखिएको सेयर बजार सोमबार पुन: घट्यो, २ अर्ब रूपैयाँको मात्र कारोबार

सोमबार, साउन २९ २०८०
आइतबार सुधारको संकेत देखिएको सेयर बजार सोमबार पुन: घट्यो, २ अर्ब रूपैयाँको मात्र कारोबार

काठमाडौं- आइतबार १४.८१ अंकले बढेको बजार सोमबार पुन: घटेको छ। निरन्तर उतारचढावमा रहेको बजारमा आइतबार सुधार देखिएको थियो तर सोमबार पुन: सामान्य अंकको गिरावट देखिएको हो। 

सोमबार ३.६१ अंकले घटेर बजार २०७७.२४ बिन्दुमा झरेको छ। ६८ कम्पनीको सेयर मूल्य बढेको बजारमा २ अर्ब ९ करोड १३ लाख रूपैयाँको कारोबार भएको छ। १४५ कम्पनीको सेयर मूल्य घटेको छ भने ११ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।  

गएको सातभर नै निरन्तर उतारचढावमा देखिएर अन्तिम दुई कारोबार वृद्धितर्फ लागेको सेयर बजारमा यो साता सुखद सुरुवात देखिएको थियो। गएको साता समग्रमा २३.७९ अंकले घटेको बजारमा यो साता यो साता आइतबार १४.८१ अंकले बढेर बजार २०८०.८६ बिन्दुमा पुगेको थियो। 

बजारको अहिलेको उतारचढावपूर्ण अवस्थामा लगानीकर्ताहरू अझै पर्ख र हेरको अवस्थामा नै छन्। बजारमा लगानीकर्ताले स्थायी सुधारको आधार नभटेकाले निरन्तर वृद्धितर्फ जान नसकेको विश्लेषकहरू बताउँछन्। केही कारोबार निरन्तर घट्ने र एक दिन उचाइतर्फ लाग्ने गर्दै बजार उतारचढावको अवस्थामा नै रहिरहेको देखिन्छ। 


प्रकाशित : सोमबार, साउन २९ २०८००९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend