आइतबार, असोज ६ गते २०८१    
images
images

अवरुद्ध सिमखेत सडक सञ्चालनमा, हेलम्बु र पाँचपोखरीमा अनिश्चित

images
सोमबार, साउन २९ २०८०
images
images
अवरुद्ध सिमखेत सडक सञ्चालनमा, हेलम्बु र पाँचपोखरीमा अनिश्चित

ढुंग्रे बजारदेखि ग्यालथुम बजारसम्म र ग्याल्थुम बजारदेखि ग्याल्थुम पुलसम्म, चनौटेको बेलिब्रिजदेखि गणेश बगरसम्मको सडक अवरुद्ध भएको छ।

images
images

सिन्धुपाल्चोक- अविरल वर्षाका कारण अवरुद्ध मेलम्ची नगरपालिका- ११ स्थित सिमखेतमा सडक सञ्चालनमा आएको छ। मेलम्ची-हेलम्बु सडक अन्तर्गतको सिमखेतमा आइतबार आएको बाढीका कारण सडक अवरुद्ध भएको थियो। 

images
images
images

आज बिहानैदेखिको प्रयासपछि सडक अहिले सञ्चालनमा आएको नगर प्रमुख आइतमान तामाङले बताए। तामाङले नगरपालिका अन्तर्गत अवरुद्ध भएका सडक सञ्चालनका लागि तीव्रगतिमा काम गर्ने प्रतिबद्धता जनाए।

त्यस्तै हेलम्बु गाउँपालिकाले हिउँदको समयमा नदी नियन्त्रणका लागि गरिएका सबै प्रयास असफल भएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए। चनौटे, ग्याल्थुम र ढुंग्रे बजारमा हालिएको ग्याबिन जालिसमेत बाढीले बगाएको उनको भनाइ छ।

गाउँपालिकाको ढुंग्रे बजारदेखि ग्यालथुम बजारसम्म र ग्याल्थुम बजारदेखि ग्याल्थुम पुलसम्म, चनौटेको बेलिब्रिजदेखि गणेश बगरसम्मको सडक अवरुद्ध भएको हेलम्बु गाउँपालिकाकी उपाध्यक्ष अप्सरा लामिछानेले जानकारी दिए। तत्कालका लागि सडक सञ्चालनमा ल्याउन सक्ने स्थिति नरहेको उनको भनाइ छ। खोलाको अवस्था हेरेर बस्ती संरक्षण र सडक सञ्चालनका लागि आवश्यक पहल र प्रयास गर्ने उनले जानकारी दिए।

images

यसैगरी पाँचपोखरी थाङपाल गाउँपालिकोको वडा नं ८ खाल्डे गेट अगाडि उत्तिस घारीमा खोलाले कटान गरेका कारण पहिरोले सडक अवरुद्ध भएको छ। त्यस्तै तिपेनी ‘ड्याम साइड’ अगाडिको पहिरो पन्छ्याइएको र अहिले सडक सञ्चालनमा आएको अध्यक्ष टासी लामाले जानकारी दिए। अध्यक्ष लामाले प्राकृतिक विपत्तिका कारण ठूलो क्षति बेहोर्नु परेको भन्दै पालिकावासीमा धैर्य गरी सुरक्षित रहन आग्रह गरेका छन्।

अध्यक्ष लामाले अवरुद्ध भएका सडक सञ्चालनका लागि निरन्तर लागि परेको बताए। कतिपय स्थानमा अवरुद्ध भएका सडक सञ्चालनमा आएको उल्लेख गर्दै लामाले खाल्डे खोलास्थित उत्तिसघारीमा भने केही समय लाग्ने बताए।

उनले अतिआवश्यक काम परेमा मात्र घरबाट निस्कन र यात्रा गर्न आग्रह गर्दै तत्कालका लागि खाल्डे-लागर्चे तिपेनीको सडक वैकल्पिक रुपमा प्रयोग गर्न सुझाए। रासस


प्रकाशित : सोमबार, साउन २९ २०८००७:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend