आइतबार, असोज ६ गते २०८१    
images
images

पहिरोले देशभरका नौ सडकखण्ड अवरुद्ध

images
सोमबार, साउन २९ २०८०
images
images
पहिरोले देशभरका नौ सडकखण्ड अवरुद्ध

पहिरोले सडक अवरुद्ध भएका ठाउँमा सम्बन्धित निकायसँग समन्वय गरी अवरोध सडक खुलाउन आवश्यक पहल भइरहेको छ।

images
images

काठमाडौं- अविरल वर्षाका कारण पहिरो जाँदा देशभरका नौ स्थानमा सडक अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार अविरल वर्षाका कारण पहिरो जाँदा दार्चुला, सिन्धुपाल्चोक, मुगु, डडेल्धुरा, पाल्पा, रोल्पा र रूकुम (पूर्व) का विभिन्न नौ ठाउँमा सडक अवरुद्ध बनेका हुन् ।

images
images
images

पहिरोका कारण दार्चुलाको गोकुलेश्वर-दार्चुला राजमार्ग, सिन्धुपाल्चोकको मेलम्ची-हेलम्बु सडकखण्ड र मेलम्ची-भोताङ सडकखण्ड, मुगुको जुम्ला-नाग्म-मुगु सडकखण्ड, डडेल्धुराको डडेल्धुरा-दिपायल सडकखण्ड र भीमदत्त राजमार्ग अवरुद्ध भएको छ।

यस्तै, पाल्पाको सिद्धार्थ राजमार्ग, रोल्पाको थवाङ जाने सहिदमार्ग सडकखण्ड र रूकुम (पूर्व) को मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको प्रहरी प्रधान कार्यालय केन्द्रीय समाचार कक्षले जनाएको छ।

पहिरो गएका स्थानमा नजिकैको प्रहरी कार्यालयबाट तत्काल खटिएको प्रहरीले आवश्यक उद्धार कार्य गर्नुका साथै सम्बन्धित निकायसँग समन्वय गरी अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको बताइएको छ। रासस

images


प्रकाशित : सोमबार, साउन २९ २०८००७:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend