मंगलबार, फागुन ६ गते २०८१    
मंगलबार, फागुन ६ २०८१
images
images

गण्डकीमा मर्मतपछि ९० लघु जलविद्युत् आयोजनाको उत्पादन नियमित

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, साउन २९ २०८०
images
images
गण्डकीमा मर्मतपछि ९० लघु जलविद्युत् आयोजनाको उत्पादन नियमित

राष्ट्रिय प्रसारण लाइनमा नजोडिएका मुस्ताङ, मनाङ, म्याग्दी र गोरखाका सात स्थानीय तहका एक हजार दुई सय पाँच घरधुरीमा प्रदेश सरकारको ७५ प्रतिशत अनुदानमा घरेलु सौर्य ऊर्जा जडान गरिएको मन्त्रालयले जनाएको छ।

images
images

गण्डकी- गण्डकी प्रदेश सरकारले पछिल्ला पाँच वर्षमा ९० लघु जलविद्यत् आयोजनाको मर्मतसम्भार गरेको छ। जीर्ण आयोजना मर्मत गरिएपछि तीन हजार दुई सय ९५ किलोवाट बिजुली उत्पादन नियमित भएको प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले जनाएको छ।

images
images
images

ती आयोजनाबाट १५ हजार चार सय ४० घरधुरी लाभान्वित भएको मन्त्रालयको ऊर्जा शाखाका इ जीवन श्रेष्ठले बताए। उनका अनुसार प्रदेशमा झण्डै चार सय लघु जलविद्युत् आयोजना छन्। वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत तीन सय ७१ र बाँकी अरु संस्थाले निर्माण गरेका आयोजना छन्। सौर्य ऊर्जा र लघु जलविद्युत्बाट प्रदेशको तीन दशमलव ८२ प्रतिशत जनसङ्ख्यामा बिजुली पुगेको छ।

images
images

प्रदेश सरकारले आफ्नै लगानीमा मनाङको नासो गाउँपालिकामा ३० किलोवाटको भीमताङ लघु जलविद्युत् आयोजना निर्माण गरिरहेको श्रेष्ठले जानकारी दिए। ९८ किलोवाटको स्याङ्जाको पुतपुते खोला लघु जलविद्युत् आयोजनाको बिजुली पनि गत वर्ष राष्ट्रिय प्रसारण लाइनमा जोडिएको मन्त्रालयले जनाएको छ। 

images
images
images

राष्ट्रिय प्रसारण लाइन विस्तार भएपछि बागलुङलगायत जिल्लाका केही लघु जलविद्युत् आयोजना बन्द भएका छन्। केही मर्मतसम्भारको पर्खाइमा छन्। ती आयोजनाको बिजुलीलाई मिनिग्रिड बनाएर राष्ट्रिय प्रसारण लाइनमा जोड्ने योजना पनि अलपत्र परेको छ। राष्ट्रिय प्रसारण लाइन र नवीकरणकीय ऊर्जामार्फत गरी प्रदेशका ९९ दशमलव ५० प्रतिशत घरधुरीमा बिजुलीको पहुँच पुगेको श्रेष्ठले बताए। 

प्रदेश सरकारले चालु आवभित्रैमा ‘उज्यालो गण्डकी प्रदेश’ घोषणाको तयारी अघि बढाएको छ । बाँकी रहेका शून्य दशमलव पाँच प्रतिशत घरधुरीमा बिजुली पुर्‍याउने कार्य भइरहेको जनाइएको छ। पछिल्लो आर्थिक सर्वेक्षण अनुसार दुई हजार आठ सय ८४ घरधुरीमा मात्र विद्युत् नपुगेको देखिएको श्रेष्ठले बताए।

बागलुङ, तनहुँ र नवलपुरका केही ठाउँमा विद्युत् सेवा पुर्‍याउन बाँकी रहेको मन्त्रालयले जनाएको छ। ऊर्जा शाखाका अनुसार पाँच लाख ७४ हजार सात सय ९८ घरधुरी विद्युत् सेवाको पहुँचमा छन्। जसमध्ये राष्ट्रिय प्रसारण लाइनको योगदान ९५ दशमलव ६८ प्रतिशत छ भने बाँकी लघु जलविद्युत्, नवीकरणीय ऊर्जा आदिको छ। 

राष्ट्रिय प्रसारण लाइनमा नजोडिएका मुस्ताङ, मनाङ, म्याग्दी र गोरखाका सात स्थानीय तहका एक हजार दुई सय पाँच घरधुरीमा प्रदेश सरकारको ७५ प्रतिशत अनुदानमा घरेलु सौर्य ऊर्जा जडान गरिएको मन्त्रालयले जनाएको छ। संस्थागत सौर्य ऊर्जा जडान कार्यक्रमबाट विभिन्न जिल्लामा गरी कूल एक सय ६२ किलोवाट क्षमताको सौर्य ऊर्जा जडान गरिएको छ। रासस


प्रकाशित : सोमबार, साउन २९ २०८००४:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend