बुधबार, जेठ १४ गते २०८२    
बुधबार, जेठ १४ २०८२
images
images

पहिरोले अवरुद्ध हेटौँडा-काठमाडौं सडकखण्ड सञ्चालनमा

images
आइतबार, साउन २८ २०८०
images
पहिरोले अवरुद्ध हेटौँडा-काठमाडौं सडकखण्ड सञ्चालनमा

यता काठमाडौंबाट हेटौँडतर्फ जोड्ने कान्तिलोकपथअन्तर्गत ललितपुरको भट्टेडाँडामा गएको पहिरो पन्छाउने कार्य भइरहेको छ।

images
images

मकवानपुर- हिजोदेखि लगातार परेको बर्सातका कारण त्रिभुवन राजपथको लामिडाँडामा आज बिहान गएको पहिरो पन्छाएर हेटौँडा-काठमाडौंतर्फको यातायात सञ्चालनमा ल्याइएको छ।

images
images
images

भीमफेदी गाउँपालिका-९ को लामिडाँडामा बर्सातले पहिरो जाँदा आज बिहान करिब ४ बजेदेखि उक्त खण्डमा यातायात सेवा अवरुद्ध भएको इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरले जनाएको छ।

images
images

भैँसेस्थित सडक विभागको जेसिबी र लोडरसहितको प्राविधिक टोली आज बिहानैदेखि पहिरो पन्छाउने प्रयास गरे पनि दिउँसो १ बजेदेखि यातायात सञ्चालन भएको पालुङका प्रहरी निरीक्षक दुर्गा खनालले जानकारी दिइन्। उनका अनुसार उक्त सडक खण्ड भएर हेटौँडा, पालुङ र काठमाडौंतर्फ यातायात सञ्चालनका लागि अहिले कुनै अवरोध छैन।

images
images
images

त्यस्तै, काठमाडौंबाट हेटौँडतर्फ जोड्ने कान्तिलोकपथअन्तर्गत ललितपुरको भट्टेडाँडामा गएको पहिरो पन्छाउने कार्य भइरहेको मकवानपुरका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।

भैँसे-भीमफेदी हुँदै काठमाडौं जाने सडकअन्तर्गत सिस्नेरीतर्फको खण्ड पूर्णरुपमा अवरोध भएकाले फाखेलतर्फबाट यातायात सञ्चालन भइरहेको उनले बताए। रासस


प्रकाशित : आइतबार, साउन २८ २०८०११:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend