आइतबार, असोज ६ गते २०८१    
images
images

सुन तस्करी प्रकरण : अर्थ मन्त्रालयले माग्याे हङकङको सहयोग

images
आइतबार, साउन २८ २०८०
images
images
सुन तस्करी प्रकरण : अर्थ मन्त्रालयले माग्याे हङकङको सहयोग

केही अन्य प्रमाणहरू हङकङबाट जुट्न सक्ने भन्दै प्रहरीले अर्थ मन्त्रालयको सहयोग मागेको थियो। सोहीअनुसार अर्थ मन्त्रालयले पत्र पठाएको हो। 

images
images

काठमाडौं-  सुन तस्करी प्रकरणमा अर्थ मन्त्रालयले हङकङसँग सहयोग मागेको छ। सुन तस्करीको विवरण उपलब्ध गराउनका लागि अर्थ मन्त्रालयले हङकङको वित्त मन्त्रालयलाई पत्र काटेको हो।

images
images
images

अर्थमन्त्री डा. प्रकाशरण महतले अर्थ मन्त्रालयमार्फत हङकङको वित्त मन्त्रालयलाई पत्र पठाएका हुन्। हङकङलाई अर्थ मन्त्रालयबाट चिठी लेखेको र केही दिनमा उताबाट जवाफ आएपछि थप प्रमाणहरू आउने मन्त्री महतले बताए।

गत साता राजश्व अनुसन्धानबाट सम्पूर्ण मिसिल नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले लिएर अनुसन्धान तीव्र पारेको छ। केही अन्य प्रमाणहरू हङकङबाट जुट्न सक्ने भन्दै प्रहरीले अर्थ मन्त्रालयको सहयोग मागेको थियो। सोहीअनुसार अर्थ मन्त्रालयले पत्र पठाएको हो। 

प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापालाई अनुसन्धान अधिकृत तोकेर सुन तस्करी प्रकरणको अनुसन्धान जारी छ। गत साता आइतबार राजस्व अनुसन्धानबाट प्राप्त मिसिलसहितका तथ्य र प्रमाण बुझेको सीआईबीले एसपी थापालाई अनुसन्धान अधिकृत तोकेर औपचारिकरुपमा अनुसन्धान थालेको थियो। 

images

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनुसन्धान गर्ने जिम्मा सीआईबीलाई दिन निर्देशन दिएका थिए। उनको निर्देशनलगत्तै आवश्यक प्रक्रिया पुर्‍याएर विभागले थप अनुसन्धानको जिम्मा सीआईबीलाई हस्तान्तरण गरेको हो। उक्त प्रकरणमा अब सीआईबीले आर्थिकलगायत संगठित र अन्तरदेशीय अपराधको सन्दर्भमा पनि अनुसन्धान थाल्ने छ।

विभागले यही साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अगाडिबाट ‘ब्रेक सु’मा हालेर ल्याइएको अन्दाजी एक सय किलो सुन बरामद गरेको थियो। उक्त सुन अहिले परिमाण यकिन गर्न नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा राखिएको छ।


प्रकाशित : आइतबार, साउन २८ २०८०११:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend