आइतबार, असोज ६ गते २०८१    
images
images

प्रतिकूल मौसमले कर्णालीका हिमाली जिल्लामा हवाई उडान ठप्प, मारमा बिरामी र गर्भवती

images
आइतबार, साउन २८ २०८०
images
images
प्रतिकूल मौसमले कर्णालीका हिमाली जिल्लामा हवाई उडान ठप्प, मारमा बिरामी र गर्भवती
images
images

जाजरकोट- सुर्खेत तथा नेपालगञ्जबाट कर्णालीका हिमाली जिल्लामा हुने हवाई उडान ठप्प भएको छ। मौसम खराबीका कारण लामो समयदेखि हवाई सेवा अवरुद्ध हुँदै आएको हो। बिहानै मौसम नखुल्ने तर दिउँसो १२ बजेपछि उडान गर्न नपाउने गरी नेपाल नागरिक उड्यन प्राधिकरणले यही साउन १३ गते गरेको निर्णयले कर्णालीमा हवाई उडान रोकिएको छ। हवाई मार्ग रोकिएपछि हिमाली जिल्लाबाट उपचार तथा अन्य कामका लागि नेपालगञ्ज तथा सुर्खेत झर्ने यात्रु मर्कामा परेका छन्।

images
images
images

नेपालगञ्जबाट दैनिक उडान हुने डोल्पाको जुफाल विमानस्थल, हुम्लाको सिमकोट, मुगुको ताल्चा र बाजुरामा पनि उडान बन्द भएको छ। त्यस्तै कालिकोट र डोल्पाको मसिनेचौरमा निर्माण भएको विमानस्थलमा अहिलेसम्म जहाजको अवतरण हुन सकेको छैन। वर्षायाममा सडक अवरुद्ध भएकाले बिरामी लैजान सबैभन्दा बढी समस्या हुने भएको सर्वसाधारणले बताए।

मुगुको सोरु गाउँपालिका-८ पानमती रावलको सात महिनाको गर्भ छ तर उनलाई उपचारका लागि नेपालगञ्ज पुग्न निकै सकस परेको छ। रावलले नेपालगञ्ज जानका लागि आठ दिनसम्म रारा विमानस्थलमा जहाजको पर्खाइमा बिताएकी छिन्। त्यस्तै सोरु-८ कै सनिता शाहीले पनि जहाजका लागि विमानस्थलमा जहाज कुर्दा कुर्दा नौ दिन बितेको बताए। उनलाई बुबाको उपचारका लागि काठमाडौंमा समय मिलाउनुपर्ने बाध्यता छ तर जहाज नआउँदा बुबाको स्वास्थ्य समस्या थपिँदै गएको छ। कर्णालीका जिल्लामा अझै पनि भरपर्दो सडक नभएकाले हवाई मागको विकल्प खोजिनुपर्नेमा डोल्पाका ठूलिभेरीस्थित जुफालका बालकृष्ण डाँगीले जोड दिए।

जुफाल विमानस्थलमा दैनिक जहाजको पर्खाइमा ५० भन्दा बढी यात्रु आउने गरे पनि जहाज नआउँदा समस्या हुँदै गएको उनले बताए। प्रविधिको प्रयोग लाइफ क्यामरा, मेट्रोलोजीयन्त्रलगायत प्रविधिको विकासमामा ध्यान नदिई वर्षातको कारण देखाउँदै हवाई उडान बन्द गर्नु नेपाल नागरिक उड्डयन प्राधिकरणको गैर जिम्मेवार भएको पर्यटन व्यवसायीको आरोप थियो। हुम्लामा यातायात सेवा अझै जोडिएको छैन। डोल्पाको भेरी नदीमा पुल निर्माण नभएका कारण सहजरुपमा यात्रा असम्भव जस्तै छ। ठूलिभेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले छ दिनसम्म नेपालगञ्ज विमानस्थल जहाज कुरेर अन्तिममा भेरी करिडोर हुँदै डोल्पा पुग्नुपरेको बताए। नेपालगञ्जबाट डोल्पा पुग्दा भारी मात्रामा दुःख भएको उनको भनाइ थियो।

images

उपल्लो डोल्पास्थित डोल्पोबुद्ध-३ यांकी गुरुङले सात दिन जुफाल विमानस्थलमा कुर्दा पनि जहाज नआउँदा आमाको उपचार गर्न नपाएको गुनासो गरे। स्थलमार्ग हुँदै नेपालगञ्ज जाँदा तीन दिन लागेको र दुःख धेरै पाइएको उनले बताए। दुर्गम जिल्लामा बिहान मौसम नखुल्ने र मौसम खुल्ने समयमा विमान सञ्चालन नहुने भएकाले यहाँका रारा, जुफाल र ताल्चा विमानस्थलका लागि यो निर्णय उपयुक्त नभएको रारा विमानस्थलका प्रमुख रोमन भट्टराईले बताए। उनका अनुसार बिहान हुस्सु लाग्ने र ११ बजे मौसम खुल्ने भएकाले हवाई उडान भर्न समस्या हुँदा यहाँका नागरिक मर्कामा परेका छन्। 

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले सरकारले जनताको हितका लागि प्रतिकूल हुने नीतिगत व्यवस्थालाई सुधार गर्दै जानुपर्नेमा जोड दिए प्राधिकरणको यो निर्णयले त कर्णालीवासीको जिउधनको सुरक्षा गर्नेभन्दा पनि थप जटिलता थपेजस्तो भएको छ। यसलाई समन्वय गरी उपयुक्त निर्णयमा पुग्नुपर्ने उनले बताए। रासस


प्रकाशित : आइतबार, साउन २८ २०८०१०:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend