आइतबार, असोज ६ गते २०८१    
images
images

मनाङ : ३५ किलोमिटरमा ३५ पहिरो

images
आइतबार, साउन २८ २०८०
images
images
मनाङ : ३५ किलोमिटरमा ३५ पहिरो

अवरुद्ध सडक पहिरो पन्छाएर पुन: सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।

images
images

मनाङ- हिमाली जिल्ला मनाङमा आवतजावत पूर्ण रुपमा अवरुद्ध भएको छ। डुम्रे-बेसीसहर-चामे सडकअन्तर्गत लमजुङको बेसीसहर नगरपालिका-६ खरखरेमा ट्र्याक भासिएपछि आवागमन अवरुद्ध भएको हो। शुक्रबारदेखि परेको निरन्तर वर्षाका कारण यस सडक खण्डमा आवतजावत रोकिएको आयोजना कार्यालयले जनाएको छ।

images
images
images

यस सडकखण्डअन्तर्गत लमजुङतर्फ बेलौती बिसौना, खरखरे, रामबजार, घोप्टे भिर, च्याम्चेलगायतका स्थानमा पहिरो खसेको आयोजना कार्यालयका सबइन्जिनियर सुमन अधिकारीले जानकारी दिए। उनले भने, 'केही स्थानमा पहिरो खसेर अवरुद्ध भएका छन् भने खरखरेमा ट्र्याक नै भासिएको छ, यसले मनाङ आवतजावत ठप्प भएको छ।'

सडक सञ्चालनका लागि विभिन्न स्थानमा पहिरो पन्छाउने काम गरिरहेको उनले बताए। निरन्तर वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या भइरहेको भन्दै उनले सडक सञ्चालनका लागि प्रयास जारी रहेको जानकारी दिए। सडकमा खसेको ढुंगा, माटो फाल्दै गर्दा माथिबाट पहिरो खसिरहेको जनाउँदै सबइन्जिनियर अधिकारीले जोखिम मोलेरै काम गरिरहेको बताए।

यस सडक खण्डअन्तर्गत मनाङतर्फ भन्दा लमजुङतर्फ बढी पहिरो खसेको उनले जानकारी दिए। 'लमजुङतर्फ ३५ किलोमिटर छ। किलोमिटरपिच्छे ३५ पहिरो खसेका छन्', उनले भने।

images

प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुंगेलले मनाङमा वर्षा नभए पनि लमजुङतर्फ निरन्तर वर्षा भइरहेकाले बताइन्। उनले पहिरोका कारण सडक अवरुद्ध रहेकाले पुनःसञ्चालनका लागि पहल भइरहेको जानकारी दिइन्।

डुम्रे-बेसीसहर-चामे-खाङ्सारसम्म एक सय पाँच किलोमिटर छ। यसमध्ये डुम्रे-बेसीसहर-चामे सडक खण्डको ३० किलोमिटरमा पहिरो खसिरहने गरेको छ। खसेको पहिरो हटाउन आयोजना कार्यालयले विभिन्न स्थानमा एक्साभेटर तयारी अवस्थामा राखेको जनाएको छ। रासस


प्रकाशित : आइतबार, साउन २८ २०८००९:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend