आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

गएको साता धरमराएको सेयर बजारमा यो साता पहिलो कारोबार हरियाली, ३ अर्बभन्दा बढीको कारोबार

आइतबार, साउन २८ २०८०
गएको साता धरमराएको सेयर बजारमा यो साता पहिलो कारोबार हरियाली, ३ अर्बभन्दा बढीको कारोबार

काठमाडौं- गएको सातभर नै निरन्तर उतारचढावमा देखिएर अन्तिम दुई कारोबार वृद्धितर्फ लागेको सेयर बजारमा यो साता सुखद सुरुवात देखिएको छ। गएको साता समग्रमा २३.७९ अंकले घटेको थियो।

यो साता आइतबार पहिलो कारोबारमा १४.८१ अंकले बढेर बजार २०८०.८६ बिन्दुमा पुगेको छ। एक सय कम्पनीको सेयर मूल्य बढ्दा ३ अर्ब १ करोड ८४ लाख रूपैयाँको कारोबार भएको छ। ११७ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

गएको साता आइतबार ३८.३७ अंकले घटेको बजार सोमबार पनि ३.२१ अंकले घटेको थियो। मंगलबार २८.४० अंकले घटेको बजार बुधबार भने र ४१.०६ अंकले बढेको थियो। गएको साता कारोबारको अन्तिम दिन बिहीबार ५.१३ अंकले बढेको बजारले यो साता पनि सुधारको संकेत गरेको छ। 

बजारको अहिलेको उतारचढावपूर्ण अवस्थामा लगानीकर्ताहरू अझै पर्ख र हेरको अवस्थामा नै छन्। बजारमा लगानीकर्ताले स्थायी सुधारको आधार नभटेकाले निरन्तर वृद्धितर्फ जान नसकेको विश्लेषकहरू बताउँछन्। केही कारोबार निरन्तर घट्ने र एक दिन उचाइतर्फ लाग्ने गर्दै बजार उतारचढावको अवस्थामा नै रहिरहेको देखिन्छ। 


प्रकाशित : आइतबार, साउन २८ २०८००९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend