आइतबार, असोज ६ गते २०८१    
images
images

पहिरोले उदयपुरको कटारी-गाईघाट र लमजुङको बेसीसहर-चामे सडकखण्ड पनि अवरुद्ध

images
आइतबार, साउन २८ २०८०
images
images
पहिरोले उदयपुरको कटारी-गाईघाट र लमजुङको बेसीसहर-चामे सडकखण्ड पनि अवरुद्ध

वर्षा निरन्तर भइरहेका कारण पहिरो पन्छाउन समस्या भइरहेको छ।

images
images

उदयपुर- अविरल वर्षासँगै पहिरो गएपछि मदन भण्डारी राजमार्गअन्तर्गत उदयपुरको कटारी-गाईघाट सडकखण्ड अवरुद्ध भएको छ। उदयपुरगढी गाउँपालिका-६ मौवासीखोला पुलनजिकै पहिरो गएको हो।

images
images
images

इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायब उपरीक्षक रविन कार्कीका अनुसार पहिरोका कारण आज बिहानैदेखि सडक पूर्णरुपमा अवरुद्ध छ। 'वर्षा निरन्तर भइरहेको छ, सडक खुलाउन बाधा पुगेको छ', उनले भने।

पहिरोले ५० मिटरभन्दा बढी सडक बगाएको छ। सडक अवरुद्ध भएपछि पूर्वबाट आएका सवारीसाधनलाई गाईघाटदेखि लहान हुँदै, बर्दिवासतर्फ पठाउन थालिएको छ। यस्तै पश्चिमबाट पूर्वतर्फ आएका सवारीसाधनलाई कटारीबाट सिरहाको मिर्चैया हुँदै पठाउन थालिएको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए। 

यस्तै पहिरोले लमजुङ र मनाङ जिल्लालाई जोड्ने बेसीसहर-चामे सडक अवरुद्ध भएको छ। निरन्तरको वर्षासँगै बेसीसहर नगरपालिका-६ खरखरे भिरमा आज बिहान पहिरो गएको हो।  

images

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीका अनुसार उक्त भिरमा पहिरो झर्ने क्रम जारी छ। पहिरोका कारण सवारीसाधन बाटोमै थन्किएका छन्। 'तत्काल सडक खुलाउन असम्भव छ', उनले भने।

सडक अवरुद्ध हुँदा लमजुङको उत्तरी भेगका साथै मनाङवासी मारमा परेका छन्। उक्त सडकखण्डअन्तर्गत लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर सडक पर्छ। रासस


प्रकाशित : आइतबार, साउन २८ २०८००८:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend