मंगलबार, असार १७ गते २०८२    
मंगलबार, असार १७ २०८२
images
images

बैंकहरूमा तरलता संकट झनै गहिरियो : ९ दिनमै १५ अर्ब निक्षेप घट्यो, ३ अर्ब मात्रै कर्जा प्रवाह

images
आइतबार, कात्तिक २८ २०७८
images
images
बैंकहरूमा तरलता संकट झनै  गहिरियो : ९ दिनमै १५ अर्ब निक्षेप घट्यो, ३ अर्ब मात्रै कर्जा प्रवाह
images
images

काठमाडौं- बैंकहरूको तरलता संकट झनै गहिरिँदै गएको छ। पछिल्लो साता मात्रै वाणिज्य बैंकहरूको निक्षेप १५ अर्ब घटेको छ। कात्तिक १८ गतेदेखि कात्तिक २६ गतेसम्मको अवधिमा बैंकहरूको निक्षेप १५ अर्बले घटेको हो।

images
images

नेपाल बैंकर्स एशोसिएसनले दिएको तथ्यांकअनुसार बैंकहरूको निक्षेप ४२ खर्ब ३८ अर्ब रहेकोमा कात्तिक २६ गतेसम्म आइपुग्दा बैंकहरूको निक्षेप १५ अर्बले घटेर ४२ खर्ब २३ अर्बमा सीमित भएको छ। जसमध्ये विदेशी मुद्राको निक्षेप ३ अर्बले घटेको छ।  

images
images

पछिल्लो ९ दिनमा बैंकहरूले थप ३ अर्ब मात्र कर्जा प्रवाह गरेका छन्। कात्तिक १७ गते बैंकहरूको कुल कर्जा प्रवाह ४० खर्ब २५ अर्ब रहेकोमा कात्तिक २६ गतेसम्मको कर्जा प्रवाह बढेर ४० खर्ब २८ अर्ब पुगेको छ।  

images
images
images

मङ्सिरबाट भने केही बैंकको ब्याजदर दोहोरो अंकमा पुग्न सक्ने देखिएको छ। कात्तिकको तुलनामा १० प्रतिशत मात्रले ब्याज बढाउँदा पनि केही बैंकको ब्याज दोहोरो अंकमा पुग्ने देखिएको हो।

निक्षेप तान्ने होडमा बैंकहरूलाई ब्याजदर वृद्धि नगर्न अर्थमन्त्री जनार्दन शर्माले २७ वटै बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) लाई बोलाएर छलफल समेत गरेका थिए। 

बैंकमा निक्षेप आउन छाडेपछि मंसिरमा ब्याजदर झनै बढ्दै, यस्तो छ २७ बैंकको सम्भावित ब्याजदर


प्रकाशित : आइतबार, कात्तिक २८ २०७८१०:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend