आइतबार, असोज ६ गते २०८१    
images
images

निर्माण व्यवसायीको आन्दोलनलाई बिल्डर्स एशोसिएसन अफ इन्डियाको समर्थन

images
आइतबार, साउन २८ २०८०
images
images
निर्माण व्यवसायीको आन्दोलनलाई बिल्डर्स एशोसिएसन अफ इन्डियाको समर्थन

निर्माण व्यवसायीको यो आन्दोलनलाई भारतीय निर्माण व्यवसायीहरुको संस्थाले समेत समर्थन गरेको छ।

images
images

काठमाडौं- नेपाल निर्माण व्यवसायी महासंघ अहिले सडक आन्दोलनमा छ। सरकारले निर्माण सम्पन्न भएका आयोजनाको रकम भुक्तानी नदिएको भन्दै उनीहरु आन्दोलनरत छन्। 

images
images
images

सरकारलाई विभिन्न चरणमा भुक्तानी दिन आग्रह गरेको उक्त आग्रहलाई बेवास्ता गरेको भन्दै निर्माण व्यवसायीले धर्ना कार्यक्रम गरेर विरोध जनाएका थिए। त्यसबाट पनि सरकार आफ्ना मागमा कुनै सम्बोधन नगरेको भन्दै केही दिनदेखि व्यवसायीहरु सडक आन्दोलनमा छन्। 

निर्माण व्यवसायीको यो आन्दोलनलाई भारतीय निर्माण व्यवसायीहरुको संस्थाले समेत समर्थन गरेको छ। शनिबार नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहलाई सम्बोधन गर्दै बिल्डर्स एशोसिएसन अफ इन्डियाका अध्यक्षले आन्दोलनमा समर्थन रहेको बताएका हुन्। 

व्यवसायीहरूको अर्बौँ रकम भुक्तान हुनुपर्ने, सबै आयोजनाहरूको एकमुष्ट म्याद थप हुनुपर्ने, मूल्य समायोजन हुनुपर्ने, निर्माण व्यवसायी मैत्री ऐन नियम लागु हुनुपर्ने, निर्माण व्यवसायीहरूको माग सम्बोधनका लागि उच्चस्तरीय वार्ता टोली गठन हुनुपर्ने लगायतका माग राखी साउन १४ देखि निरन्तर आन्दोलनमा छन्।

images
bai.jpg


प्रकाशित : आइतबार, साउन २८ २०८००५:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend