बुधबार, जेठ १४ गते २०८२    
बुधबार, जेठ १४ २०८२
images
images

नेपालमा दक्ष विदेशी कामदारका लागि श्रम नियम थप लचिलो, अतिरिक्त पाँच वर्षको श्रम स्वीकृति पाइने

images
आइतबार, साउन २८ २०८०
images
नेपालमा दक्ष विदेशी कामदारका लागि श्रम नियम थप लचिलो, अतिरिक्त पाँच वर्षको श्रम स्वीकृति पाइने

नियम ११ मा कुनै पनि विदेशीले नेपालमा श्रम स्वीकृति लिएपछि निश्चित समयपछि नेपाली जनशक्तिबाट प्रतिस्थापन गर्नुपर्ने व्यवस्था रहेको छ।

images
images

काठमाडौं- नेपाल सरकारले दक्ष विदेशीहरुका लागि श्रम नियमलाई थप लचिलो बनाएको छ। श्रम नियमावली २०७५ मा संशोधन गर्दै नेपालमा श्रम स्वीकृति पाउनसक्ने अवधिमा उदार व्यवस्था गरिएको हो।

images
images
images

श्रम नीतिको नियम ११ को उपनियम ३ पछि नयाँ व्यवस्था गरिएको हो। यसअघि नेपालमा विदेशीले श्रम स्वीकृति पाउनसक्ने सर्त र अवधि तोकिएको छ। कुनै पनि विदेशीले नेपालमा श्रम स्वीकृति लिएपछि निश्चित समयपछि नेपाली जनशक्तिबाट प्रतिस्थापन गर्नुपर्ने व्यवस्था रहेको छ। नियम ११ मा यस्तो व्यवस्था गरिएको छ। 

images
images

सामान्य विदेशीले दुई वर्ष र विशिष्ट विज्ञहरूले पाँच वर्षका लागि स्वीकृति पाउँछन्। तर दक्ष विदेशीहरूलाई प्रतिस्थापन गर्ने स्वदेशी जनशक्ति तयार नहुँदासम्म २ वर्षसम्म थप गर्दसक्ने व्यवस्था रहेको थियो। यो व्यवस्थाअनुसार यसअघि दक्ष विदेशीहरूले बढीमा सात वर्षसम्म नेपालमा स्वीकृति पाउँथे।

images
images
images

नयाँ थपिएको व्यवस्थाअनुसार त्यस्ता विज्ञ विदेशीहरूको विकल्प नेपालमै तयार नभएको अवस्थामा थप ५ वर्ष स्वीकृति पाउने भएका छन्। यसरी कुल १२ वर्षमस्म विदेशी दक्ष कामदारले नेपालमा अविच्छिन्न श्रम स्वीकृति पाउनसक्ने भएका छन्। तर यसरी पाउने समय निश्चित अवधिमा नवीकरण गर्नुपर्छ। 


प्रकाशित : आइतबार, साउन २८ २०८००५:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend