बुधबार, जेठ १४ गते २०८२    
बुधबार, जेठ १४ २०८२
images
images

ढुवानी सेवामा लाग्न थाल्यो भ्याट, सेवाप्रदायकले अनिवार्यरूपमा वीजक साथै राख्नुपर्ने

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, साउन २७ २०८०
images
ढुवानी सेवामा लाग्न थाल्यो भ्याट, सेवाप्रदायकले अनिवार्यरूपमा वीजक साथै राख्नुपर्ने
images
images

काठमाडौं- चालु आर्थिक वर्षको आर्थिक ऐनले मूल्य अभिवृद्धि कर(भ्याट) को अनुसूची १ मा भएका केही भ्याट छुट सूची घटाएको थियो।

images
images
images

जस अन्तर्गत ढुवानीका साधनको भाडा तथा ढुवानी सेवालाई भ्याट छुटको सूचीबाट हटाएर भ्याट लाग्ने व्यवस्था गरिएको छ।

images
images

गत साउन १ गतेबाट ढुवानी सेवामा भ्याट लाग्न थालिसकेको छ। यद्यपि यसको कार्यान्वयन प्रभावकारी नभएको भन्दै आन्तरिक राजस्व विभागले ढुवानी सेवामा भ्याट कार्यान्वयनमा आइसकेकाले ढुवानी सेवा प्रदायकले सेवा प्रदान गर्दा वस्तु तथा सेवाको वीजक अनिवार्यरूपमा साथ राख्न भनेको हो।

images
images
images

ढुवानीका साधानको साथमा वस्तु तथा सेवाको वीजक नरहने गरेको गुनासाहरु आइरहेकाले विभागले ध्यानाकर्षण भएको जनाएको छ। 

आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयहरुबाट खटिइ आउने टोलीले कानूनको परिपालना भएको नपाइएमा प्रचलित कानून बमोजिम कारबाही हुने भन्दै विभागले सचेत गराएको छ।

भ्याट लाग्ने कारोबारको सीमा नाघेका व्यक्तिले समेत समयमै भ्याटमा दर्ता भइ कानून बमोजिम कारोबार गर्न व्यवसायीलाई विभागले आग्रह गरेको छ।


प्रकाशित : शनिबार, साउन २७ २०८०१६:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend