आइतबार, असोज ६ गते २०८१    
images
images

गत वर्ष चैतसम्मको कर विवरण बुझाउने निर्माण व्यवसायीलाई जरिबाना, थप दस्तुर र ब्याजमा छुट

images
शनिबार, साउन २७ २०८०
images
images
गत वर्ष चैतसम्मको कर विवरण बुझाउने निर्माण व्यवसायीलाई जरिबाना, थप दस्तुर र ब्याजमा छुट
images
images

काठमाडौं- २०७९ चैत मसान्तसम्मको मूल्य अभिवृद्धि कर(भ्याट) आगामी पुस मसान्तसम्म बुझाउने निर्माण व्यवसायीले त्यसमा लाग्ने जरिबाना, थप दस्तुर र ब्याजमा छुट पाउने भएका छन्।

images
images
images

आन्तरिक राजस्व विभागले निर्माण व्यवसाय गर्ने व्यक्तिको वक्यौता भ्याट छुट सम्बन्धी सूचना जारी गर्दै २०८० पुस मसान्तसम्ममा छुट सुविधाको उपयोग गर्न आग्रह गरेको छ। 

चालु आर्थिक वर्षको आर्थिक ऐन, २०८० को दफा ३६(१) र ३६(२) व्यवस्था कार्यान्वयन गर्नका लागि विभागले उक्त सूचना जारी गरेको हो। 

आर्थिक ऐनको ३६(१) ले मूल्य अभिवृद्धि कर ऐन, २०५२ बमोजिम दर्ता भएका निर्माण व्यवसाय गर्ने व्यक्तिले २०७९ साल चैत मसान्तसम्मको कर विवरण नबुझाएको भए आगामी पुस मसान्तसम्म कर विवरण बुझाएमा जरिबाना, थप दस्तुर र बाँकी ब्याज मिनाह गर्ने व्यवस्था गरेको छ। गत आर्थिक वर्षको चैत मसान्तसम्मको भ्याट विवरण र कर नबुझाएको भए आगामी पुस मसान्तसम्म बुझाउन पाउने व्यवस्था आर्थिक ऐनले गरेको छ।

images

उक्त अवधिसम्म भ्याट विवरण नबुझाएका र कर नतिरेका निर्माण व्यवसायीले यस अवधिसम्मको कर विवरण बुझाएर भ्याट र ब्याज बापतको ५० प्रतिशत रकम दाखिला गरेमा मूल्य अभिवृद्धि कर ऐन, २०५२ बमोजिम त्यसमा लाग्ने जरिबाना, थप दस्तुर र बाँकी ब्याज मिनाह हुने व्यवस्था आर्थिक ऐनले गरेको छ। 

२०७९ चैत मसान्तसम्मको विवरण बुझाएर मूअ कर मात्रै दाखिला गर्न बाँकी रहेका व्यवसायीले बाँकी रहेको कर वक्यौता २०८० पुस मसान्तसम्ममा दाखिला गरेमा यसमा लाग्ने थप दस्तुर र बाँकी ब्याज मिनाह हुनेछ।


प्रकाशित : शनिबार, साउन २७ २०८०१५:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend