आइतबार, असोज ६ गते २०८१    
images
images

विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन र प्रवर्द्धन गर्न र्‍याली

images
शनिबार, साउन २७ २०८०
images
images
विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन र प्रवर्द्धन गर्न र्‍याली

प्राधिकरणले विद्युत् खपत अझ बढाउन तथा विद्युतीय सवारी साधनलाई प्रोत्साहित गर्न देशभरका विभिन्न ठाउँमा ५१ चार्जिङ स्टेसन निर्माण गरेको छ। थप १३ स्टेसन निर्माण प्रक्रिया अगाडि बढाइएको छ।

images
images

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले देशभित्र उत्पादित स्वच्छ हरित ऊर्जाको यही खपत बढाउनका लागि विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन र प्रवर्द्धन गर्न र्‍याली आयोजना गरेको छ। आफ्नो ३८औँ वार्षिकोत्सवको अवसरमा प्राधिकरणले आज विद्युतीय सवारी साधनको प्रयोग र प्रवर्धनका लागि र्‍याली आयोजना गरेको हो।

images
images
images

प्राधिकरणको प्रधान कार्यालय रत्नपार्कबाट सुरु भएको विद्युतीय सवारी साधनको र्‍याली माइतीघर, नयाँ बानेश्वर, तीनकुने, सिनामंगल, एयरपोर्ट, गौशाला, चाबहिल, महाराजगञ्ज, लाजिम्पाट, लैनचौर, दरबारमार्ग हुँदै पुनः रत्पार्कमा पुगी सम्पन्न भएको थियो।

र्‍यालीको उद्घाटन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले देशभित्र उत्पादित विद्युतको खपत बढाउन र स्वच्छ वातावरणका लागि विद्युतीय सामाग्री तथा सवारी साधनको प्रयोगलाई प्रोत्साहन र प्रवर्द्धन गर्ने नीति सरकारको रहेको बताए। उनले पेट्रोलियम पदार्थको आयात कम गर्न विद्युतीय सवारी साधन र सामग्रीको प्रयोग बढाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका पदाधिकारी, विद्युतीय सवारी साधनका प्रयोकर्तालगायतको उपस्थिति थियो। प्राधिकरणले सहरी क्षेत्रका लागि विद्युतीय गाडी मात्र किन्ने नीति लिएको छ। पेट्रोल र डिजेलबाट चल्ने गाडीलाई विद्युतीय बनाउने कार्यक्रम अगाडि बढाइएको छ।

images

प्राधिकरणले विद्युत् खपत अझ बढाउन तथा विद्युतीय सवारी साधनलाई प्रोत्साहित गर्न देशभरका विभिन्न ठाउँमा ५१ चार्जिङ स्टेसन निर्माण गरेको छ। थप १३ स्टेसन निर्माण प्रक्रिया अगाडि बढाइएको छ।

त्यस्तै निजी क्षेत्रलाई प्रवर्द्धन गर्ने नीतिअनुरुप देशका विभिन्न ठाउँमा एक सयभन्दा बढी चार्जिङ स्टेसन जडान भइरहेका छन्। चार्जिङ स्टेसनको महसुलमा विशेष सहुलियत प्रदान गरिएको प्राधिकरणले जनाएको छ।

चार्जिङ स्टेसन रहने स्थानसम्म लाइन निःशुल्क निर्माण गरिदिने र दुई सय केभिएसम्मको विद्युत् प्राधिकरणको ट्रान्सफर्मरबाट दिने व्यवस्था गरिएको छ। विद्युतीय सवारी साधनको प्रयोग पनि बढ्दै गएको छ। आव २०७७/७८ मा चार पांग्रे सवारी साधन (कार, जीप) दुई सय ४९ आयात गरिएकामा गत आर्थिक वर्षमा चार हजार पाँच सय ७० आयात गरिएका थिए।

तीन वर्षमा आयात भएका  विद्युतीय सवारी साधनको संख्या छ हजार छ सय २६ रहेको छ। साथै, ६० विद्युतीय बस आयात गरिएका प्राधिकरणले जनाएको छ। तीन वर्षमा नौ हजार सात  सय ९० दुई पांग्रे सवारी साधन आयात गरिएका छन्। रासस


प्रकाशित : शनिबार, साउन २७ २०८०१२:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend