आइतबार, असोज ६ गते २०८१    
images
images

यो युवा उद्यमशीलताको वर्ष हो, प्रशस्त उपयोग गरौँ : अर्थमन्त्री महत

images
शनिबार, साउन २७ २०८०
images
images
यो युवा उद्यमशीलताको वर्ष हो, प्रशस्त उपयोग गरौँ : अर्थमन्त्री महत

अर्थमन्त्री प्रकाशशरण महतले नेपालमै प्रशस्त सम्भावना रहेको भन्दै विदेशमा पढाइ सकेकाहरुलाई स्वदेश फर्कन अनुरोध समेत गरे।

images
images

काठमाडौं- अर्थमन्त्री डा. प्रकाशशरण महतले यसपटकको बजेटमा युवाहरुलाई मध्यनजर गरेर युवा उद्यमशीलता (स्टार्टअप), आइटी र रिसर्चमा ठूलो रकम विनियोजन गरिएको बताएका छन्।

images
images
images

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपाल युवा संस्था सञ्जाल (आयोन) ले शनिबार आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डा महतले यसका लागि आवश्यक सूचना सम्बन्धित निकायबाट लिएर युवाहरुले उपयोग गर्नुपर्ने बताए।

‘देशको ठूलो जनशक्ति विदेशिएकाले यहाँ दक्ष जनशक्तिको अभाव भइसकेको छ। यहाँ धेरै अवसर छन्, विदेशमा पढाइ सक्नु भएकाहरुलाई तुरुन्त नेपाल फर्किन म अनुरोध गर्छु’, उनले भने, ‘नेपालमै प्रशस्त सम्भावना छ, त्यसलाई क्यास गर्नुहोस्।’

अर्थमन्त्री महतले पछिल्लो समय सूचना प्रविधिमा ठूलो सम्भावना देखिएको समेत बताए। मन्त्री महतले भने, ‘नेपालबाट सफ्टवेयर निर्यात गरेर ठूलो मात्रामा विदेशी पैसा नेपाल भित्र्याइरहेका छन्। र, यसका लागि धेरै ठूलो लगानी चाहिँदैन। यसका लागि समर्पण र दक्षता चाहिन्छ।’

images

कसैले सूचना प्रविधिमा लगानी गर्न चाहन्छ भने उसका लागि सरकारले ५० प्रतिशत आयकर छुट दिने निर्णय गरेको जानकारी गराउँदै उनले नेपालमै बसेर आईटी बिजनेशलाई विश्व बजारमा फैलाउन चाहिने विदेशी मुद्रा सरकारले उपलब्ध गराउने बताए।

‘हाम्रो सिस्टममा इरर थियो, गरे पनि हुने, नगरे पनि हुने प्रवृत्ति विकसित भइरहेको थियो। त्यसलाई अर्डरमा ल्याउने प्रयास भइरहेको छ। स्रोतको अभावले धेरै कुरा हामीले गर्न चाहेर पनि सकेनौँ,' उनले भने, ‘अब हाम्रो अर्थतन्त्र सही बाटोमा हिँड्ने छ।’


प्रकाशित : शनिबार, साउन २७ २०८०११:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend