काठमाडौं- निजी क्षेत्र तथा सरकारसँगको सहकार्यममा निर्माण हुने २८ वटा जलविद्युत् आयोजनाबाट करिब २५ सय मेगावाट बिजुली उत्पादन हुने भएको छ। उक्त बिजुली उत्पादनका लागि निजी क्षेत्रको ५ खर्ब ३० अर्ब रूपैयाँ लगानी हुने भएको छ।
विभिन्न आयोजनामध्ये कतिपयमा वन तथा वातावरण मन्त्रालयबाट वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट स्वीकृत भइसकेको छ भने कतिपय आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन स्वीकृत हुने चरणमा रहेको छ।
कतिपय आयोजनाको त निर्माण समेत सुरु भइसकेको छ। सरकारले नेपालमा उत्पादिन विद्युत् भारत निर्यातका लागि सम्झौताको चरणमा छ। १० वर्षमा १० हजार मेगावाटा बिजुली निर्यातका लागि सरकारले सम्झौता गर्न लागेको छ। जसका कारण विद्युत् उत्पादनमा निजी क्षेत्रको आकर्षण बढ्दो छ। एकपछि अर्को आयोजनामा निजी क्षेत्रको लगानी थपिँदै छ।
जसमा सबैभन्दा पछिल्लो पटक १८८ मेगावाट क्षमताको सुर्के दुधकोशी जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन सार्वजनिक भएको छ। जसको लागत ३१ अर्ब ४६ करोड रुपैयाँ रहेको छ।
यसैगरी ३५.५२ मेगावाट क्षमताको ब्रह्यायणी जलविद्युत् आयोजना र १५.१५ मेगावाट क्षमताको अप्पर ब्रह्यायणी जलविद्युत् आयोजना निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन भएको छ। यी २ वटा आयोजनाको लागत क्रमश ७ अर्ब २ करोड र २ अर्ब ९४ करोड रुपैयाँ रहेको छ।
यसैगरी १ खर्ब २३ अर्बमा बन्ने ४१७ मेगावाटको नलगाड हाडड्रोपावर र डोल्पामा निर्माण हुने १०६ मेगावाटको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत आयोजना वातावरणीय प्रभाव मूल्यांकन सार्वजनिक भइसकेको छ। जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत आयोजनालगात भने १९ अर्ब ९० करोड रहेको छ।
६० मेगावाट क्षमताको माथिल्लो तमोर 'ए' को निर्माणका लागि पनि वातावरणीय प्रभाव मूल्यांकन भइसकेको छ। आयोजनाको लागत १२ अर्ब ८५ करोड रहेको छ। यसैगरी ४३९ मेगावाटको बेतन कर्णाली अर्धजलाशययुक्त आयोजनको समेत वातावरणीय प्रभाव मूल्यांकन भइसकेको छ। आयोजनाको लागत ८८ अर्ब १८ करोड ३३ हजार ९ सय ५५ रूपैयाँ अनुमान गरिएको छ। यो रकम आईडीसी पछाडिको रकम हो।
४० मेगावाटको लाप्चे-तामाकोशी जलविद्युत् निर्माणको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट सार्वजिनक भएको छ। यक्ष आयोजना लागत ५ अर्ब ८५ करोड रूपैयाँ अनुमान गरिएको छ। यसैगरी पौने १४ अर्बको लागतमा हुम्लामा ६१ मेगावाट जलविद्युत आयोजनाको काम अगाडि बढ्दै छ।
वन तथा वातावरण मन्त्रालयले सार्वजनिक गरेको वातावरणीय प्रभाव मूल्यांनक रिपोर्टअनुसार ३०.९५ मेगावाटको यारुखोला अर्धजलाशययुक्त जलविद्युत आयोजनामा ६ अर्ब ३६ करोड रूपैयाँ लगानी हुने भएको छ।
९ मेगावाट तातोपानी जलविद्युत आयोजनामा ३ अर्ब ४५ करोड ८० लाख रूपैयाँ, १०२ मेगावाटको अपर मर्स्याङ्दी जलविद्युत आयोजनामा साढे ३२ अर्ब रूपैयाँ र ३०.४ मेगावाटको माथिल्लो दूधखोला जलविद्युत आयोजनामा ६ अर्ब १० करोड रूपैयाँको लगानी अनुमान गरिएको छ।
त्यस्तै ५४ मेगावाटको लोवर अप्सुवा जलविद्युत आयोजनामा ८ अर्ब ८४ करोड, ६३ मेगावाटको छुजुङखोला जलविद्युत् आयोजनामा ११ अर्ब ४३ करोड, २८.९ मेगावाटको होंगु खोला जलविद्युत् आयोजनामा ५ अर्ब ९९ करोड र १ सय ७१ मेगावाटको दूधकोशी-६ जलविद्युत् आयोजनाको लागत २९ अर्ब ६१ करोड रूपैयाँ अनुमान गरिएको छ।
यसैगरी १४ अर्ब ४७ करोडको लगानीमा बुढीगण्डकी प्रोक, ५ अर्ब ३६ करोड रूपैयाँको लागतमा इसुवा खोला, १७ अर्ब ८८ करोड सेती नदी-३ (एसआर थ्री), १६ अर्ब ४६ करोड रूपैयाँको लागतमा मध्यमेवा जलविद्युत्, ६ अर्ब २३ करोड रूपैयाँमा मध्य-चमेलिया जलविद्युत, १० अर्ब ७५ करोड रूपैयाँको लगानीमा नार खोला जलविद्युत् र ७ अर्ब ८८ करोड रूपैयाँको लगानीमा माथिल्लो संखुवाखोला जलविद्युत् आयोजनाको काम अगाडि बढने भएको छ।
४०.१ मेगावाट क्षमताको इसुवा खोला अर्धजलाशययुक्त (प्रोर क्यासकेड) जलविद्युत् आयोजनाको ५ अर्ब ३६ करोड ७४ लाख लाग्ने अनुमान गरिएको छ भने ९१.१५ मेगावाट क्षमताको बुढीगण्डकी नदी जलविद्युत आयोजनको लागत १२ अर्ब ६४ करोड रहेको छ।
यसैगरी २७.९ मेगावाट क्षमताको मिडल इन्खु जलविद्युत् आयोजनाको पनि वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट राय सुझावका लागि वन तथा वातावरण मन्त्रालयले सार्वजनिक गरिसकेको छ। आयोजनाको लागत ६ अर्ब ४३ करोड रूपैयाँ अनुमान गरिएको छ। आयोजना जल प्रवाहमा आधारित प्रकृतिको रहेको छ।
आयोजनाको वार्षिक उत्पादन क्षमता १६४.११ गिगावाट रहने रिपोर्टमा उल्लेख छ। यसैगरी ५३.८५ मेगावाट क्षमताको जलविद्युत आयोजना समेत निर्माणका लागि वन तथा वातावरणमन्त्रालयले वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट सार्वजनिक गरिसकेको छ।
आयोजनाको लागत ११ अर्ब २४ करोड ९४ लाख ८० हजार रहेको छ। ५ अर्ब ८५ करोड रुपैयाँको लागतमा ४० मेगावाटको लाप्चे-तामाकोशी निर्माण हुने भएको छ।