बुधबार, जेठ १४ गते २०८२    
बुधबार, जेठ १४ २०८२
images
images

सुन तस्करी प्रकरणमा पक्राउ परेका दुई चिनियाँ नागरिक रिहा

images
शनिबार, साउन २७ २०८०
images
सुन तस्करी प्रकरणमा पक्राउ परेका दुई चिनियाँ नागरिक रिहा

एकसय किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका उनीहरुको उक्त प्रकरणमा संलग्नता नदेखिएपछि रिहा गरिएको हो।

images
images

काठमाडौं- एक सय किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा शुक्रबार पक्राउ परेका दुई चिनियाँ नागरिक रिहा भएका छन्। पक्राउ परेका चिनियाँ नागरिकद्वय ली जियाइलियन र लिउ फुयानलाई आज रिहा गरिएको हो। 

images
images
images

दुवै जनाको संलग्नता नदेखिएका कारण रिहा गरिएको प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिए। उनले भने, 'अध्यागमन विभागले नाम जुधेर शंका लागेका कारण दुवै जनालाई नियन्त्रणमा लिएको हो, सुन तस्करी प्रकरणमा उनीहरुको संलग्नता नदेखिएपछि रिहा भएका छन्।'

images
images

शुक्रबार बिहान चीन जान लागेको समयमा राजस्व अनुसन्धान विभागको अनुरोधमा अध्यागमन विभागले जियाइलियन र फुयानलाई विमानस्थलबाट नियन्त्रणमा लिइ थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को जिम्मा लगाएको थियो।

images
images
images


प्रकाशित : शनिबार, साउन २७ २०८०११:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend