आइतबार, असोज ६ गते २०८१    
images
images

अझै खुलेन कालीगण्डकी करिडोर, निरन्तरको वर्षाले पहिरो पन्छाउन समस्या

images
शनिबार, साउन २७ २०८०
images
images
अझै खुलेन कालीगण्डकी करिडोर, निरन्तरको वर्षाले पहिरो पन्छाउन समस्या

सडक अवरुद्ध हुँदा कालीगण्डकी करिडोरमा चल्ने जिल्लाको दक्षिणको जैमिनी, बलेवा र बरेङ क्षेत्रका सवारीसाधन ठप्प भएका छन्।

images
images

ढोरपाटन- भारी वर्षासँगै झरेको पहिरोका कारण राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर पुनःअवरुद्ध भएको छ। आयोजानको बागलुङ-कुश्मीसेरा खण्डअन्तर्गत बागलुङ नगरपालिका-१० दब्ल्याङमा सडकमाथिबाट झरेको पहिरोले करिडोर अवरुद्ध बनाएको हो।

images
images
images

शुक्रबार दिउँसो करिब २० घन्टापछि सञ्चालनमा आएको उक्त सडक गएराति १२ बजेदेखि पुनःअवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए। उनका अनुसार अहिले पनि भारी वर्षा भइरहेकाले सडक खुलाउन समस्या भइरहेको छ।

वर्षा रोकिएपछि सडक सञ्चालनका लागि पहल गरिने प्रहरी नायब उपरीक्षक केसीले बताए। उनका अनुसार सडक अवरुद्ध हुँदा कालीगण्डकी करिडोरमा चल्ने जिल्लाको दक्षिणको जैमिनी, बलेवा र बरेङ क्षेत्रका सवारीसाधन ठप्प भएका छन्।

दिनदिनै सडक अवरुद्ध हुन थालेपछि दक्षिण क्षेत्रमा सामान ढुवानी गर्न तथा आवागमनमा समस्या भइरहेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए। 'पहिरोले निकै दुःख दिइरहेको छ। करिडोरमा पहिरो खस्दा बागलुङ र जैमिनी नगरपालिका तथा बरेङ गाउँपालिका भएर दैनिक यात्रा गर्ने हजारौँ नागरिक प्रभावित बनेका छन्', उनले भने, 'यसको दीर्घकालीन समाधानका लागि प्रदेश सरकारसँग छलफल गरेका छौँ। काम सुरु भएको छैन।'

images

पहिरोले करिडोरका साथै वैकल्पिक सडकलाई पनि क्षति पुर्‍याएको छ ।


प्रकाशित : शनिबार, साउन २७ २०८०१०:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend