आइतबार, असोज ६ गते २०८१    
images
images

शुक्लाफाँटा नगरपालिकाले हटाउन थाल्यो कलुवापुर क्षेत्रका अतिक्रमित संरचना

images
शनिबार, साउन २७ २०८०
images
images
शुक्लाफाँटा नगरपालिकाले हटाउन थाल्यो कलुवापुर क्षेत्रका अतिक्रमित संरचना
फाइल तस्बिर

सडकको मध्यबिन्दुबाट दायाँबायाँ १५/१५ मिटर कायम गरी दुवैतर्फ ढल निर्माण गर्नुपर्ने भएकाले अतिक्रमित संरचनाहरु हटाउन थालिएको शुक्लाफाँटा नगरपालिकाले जनाएको छ।

images
images

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिकाले बेलौरी-कलुवापुर-नायल-बुडर सडकखण्डको कलुवापुर चोकदेखि बन्साहसम्मको सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउन सुरु गरेको छ।
 
सडकको मध्यबिन्दुबाट दायाँबायाँ १५/१५ मिटर कायम गरी दुवैतर्फ ढल निर्माण गर्नुपर्ने भएकाले अतिक्रमित संरचनाहरु हटाउन थालिएको नगरपालिकाले जनाएको छ। कलुवापुर चोकदेखि दक्षिण बन्साहतर्फको आठ सय मिटरअन्तर्गत निर्माण भएका अवैध संरचना हटाउने काम अगाडि बढाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले बताए।

images
images
images

'यसअघि सडकको क्षेत्राधिकार मिचेर बनाइएका संरचना हटाउनका लागि दुईपटक सार्वजनिक सूचना प्रकाशित गरिसकेका छौँ', उनले भने, 'तेस्रो अन्तिम पटक सूचना जारी गरी तीन दिनभित्र खोका, छाप्रालगायत संरचना हटाउन भने पनि हटाइएका छैनन्।'

पटकपटकको सूचनालाई अटेर गरेपछि अवैध रुपमा निर्माण गरिएका खोका, छाप्रा, टहरालगायत संरचना हटाउन सुरु गरिएको अधिकृत भट्टले जानकारी दिए। सडकको जग्गा मिचेर बनाइएका ती संरचना फेरि पनि नहटाइए प्रचलित कानूनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइने उनको भनाइ छ। उनका अनुसार सडक छेउमा  एक सय बढी संरचना निर्माण गरिएका छन्।

यसरी सडक छेउमै अवैध संरचना निर्माण हुँदा पानी निकास थुनिएर कलुवापुर बजार क्षेत्र डुबानमा पर्ने गरेको अधिकृत भट्टले बताए। उनका अनुसार अल्पकालीनरुपमा प्रहरीको सहयोगमा नगरपालिकाले तीन दिनअघि दुई महिनादेखिको डुबान क्षेत्रको पानी निकास गरेको छ।

images

सडकको दुवैतर्फ ढल निर्माण गर्नुपर्ने भएकाले सडक छेउमा अतिक्रमण गरी बनाइएका संरचना हटाउने कार्य भइरहेको नगर उपप्रमुख कल्पना पन्तको भनाइ छ। 'ढल निकासको व्यवस्था गरे बजार क्षेत्र डुबानमा पर्दैन', उनले भने, 'त्यसैले सडकका दुवै किनाराका अवैध संरचना हटाउने कार्यमा लागेका छौँ। यसमा सबैको साथ र सहयोगको खाँचो छ।' रासस


प्रकाशित : शनिबार, साउन २७ २०८००९:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend