बुधबार, जेठ १४ गते २०८२    
बुधबार, जेठ १४ २०८२
images
images

तनहुँमा महिलाको नाममा जग्गा पास गर्ने बढे

images
शनिबार, साउन २७ २०८०
images
तनहुँमा महिलाको नाममा जग्गा पास गर्ने बढे
फाइल तस्बिर

ग्रामीण क्षेत्रका महिलाको तुलनामा सहरी क्षेत्रमा महिलाको नाममा जग्गा पास गर्नेको संख्या दोबर बढी रहेको तथ्यांकले देखाएको छ।

images
images

तनहुँ- गत आर्थिक वर्ष २०७९/८० मा मालपोत कार्यालय तनहुँमा महिलाको नाममा जग्गा पास गर्नेको संख्या बढेको छ । गत आवमा कुल दुई हजार आठ सय चौरासी वटा लिखत पारित भएको महिलाका नाममा मात्रै दुई हजार छ सय २८ पास भएको कार्यालयले जनाएको छ । 

images
images
images

गत आवमा जग्गा रजिस्ट्रेसन पासबापत २४ लाख चौरासी हजार छ सय दुई रूपैयाँ राजस्वमा छुट दिएको कार्यालयका सुब्बा एवं सूचना अधिकारी टीकाराम शर्मा घोरासाइनेले जानकारी दिए। महिला, दलित तथा जनजाति, सहिद परिवार, अपांगता भएका, ज्येष्ठ नागरिकको नाममा जग्गा पास गर्दा २५ प्रतिशत र कृषि क्षेत्रमा ५० प्रतिशत छुटको व्यवस्था छ।

images
images

ग्रामीण क्षेत्रका महिलाको तुलनामा सहरी क्षेत्रमा महिलाको नाममा जग्गा पास गर्नेको संख्या दोबर बढी रहेको तथ्यांकले देखाएको छ। ग्रामीण क्षेत्रका नौ सय सत्तरी र सहरी क्षेत्रका एक हजार नौ सय १४ महिलाले आफ्नो नाममा जग्गा पास गरेको कार्यालयको भनाइ छ।

images
images
images

महिलाका नाममा जग्गा पास गर्दा २५ प्रतिशत राजस्वमा छुट पाउने भएपछि महिलाको नाममा जग्गा पास गर्नेको संख्या बढ्दै गएको उनले बताए। मालपोत कार्यालय तनहुँले गत आवमा कुल ३० करोड ८४ लाख तीन हजार ५४ राजस्व संकलन गरेको छ। कार्यालयका अनुसार यो अघिल्लो आवको तुलनामा १३ करोड ८२ लाख ७४ हजार छ सय दश रूपैयाँले कम हो।

त्यसैगरी आव २०७८/७९ मा चार हजार पाँच सय ४२ लिखत पारित हुँदा चार करोड ५५ लाख तीन हजार पाँच सय २५ रूपैयाँ छुट भएको थियो। सो आवमा ४४ करोड ६८ लाख चार हजार छ सय ६४ रूपैयाँ राजस्व संकलन भएको कार्यालय प्रमुख चिरञ्जीवी पौडेलले जानकारी दिए। रासस


प्रकाशित : शनिबार, साउन २७ २०८००६:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend