आइतबार, असोज ६ गते २०८१    
images
images

स्थानीयस्तरमा उत्पादित अंगुर त्रिपुरासुन्दरी नगरपालिकाले किन्ने, बजार अभावको समस्या टर्‍यो

images
शनिबार, साउन २७ २०८०
images
images
स्थानीयस्तरमा उत्पादित अंगुर त्रिपुरासुन्दरी नगरपालिकाले किन्ने, बजार अभावको समस्या टर्‍यो

नगरपालिकाले अंगुरको भुक्तानी प्रतिकिलो ८० रूपैयाँका दरले एकमुस्टरुपमा कृषकलाई उपलब्ध गराउने बताइएको छ। नगरपालिकाअन्तर्गतका किसानले उत्पादन गरेको अंगुर खरिद गर्दा करिब दश लाख रूपैयाँ खर्च हुने अनुमान गरिएको नगरपालिकाले जनाएको छ।

images
images

जाजरकोट- डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका किसानले उत्पादन गरेको अंगुर स्थानीय तहले नै खरिद गर्ने भएको छ। 

images
images
images

त्रिपुराकोट, गल्ली, रल्ली, खदाङ, फोइलगायतका विभिन्न स्थानमा व्यावसायिक रुपमा उत्पादन गरिएको सबै अंगुर त्रिपुरासुन्दरी नगरपालिकाले नै खरिद गर्ने निर्णय गरेको नगरप्रमुख जनचन्द्र रोकायले जानकारी दिए।

बजारको अभावमा प्रत्येक वर्ष किसानले बेहोर्नुपरेको ठूलो घाटालाई मध्यनजर राख्दै यसवर्ष नगरपालिकाले नै अंगुर खरिद गर्ने निर्णय गरेको उनको भनाइ छ। नगरपालिकाले खरिद गरेको अंगुरको जुस बनाएर आफैले बिक्री वितरण गर्ने योजना रहेको उनले जानकारी दिए।

नगरपालिकाले अंगुरको भुक्तानी प्रतिकिलो ८० रूपैयाँका दरले एकमुस्टरुपमा कृषकलाई उपलब्ध गराउने भएकाले यस वर्ष कृषकलाई डोकोमा बोकेर बजार खोज्दै जानुपर्ने बाध्यता हटेको उनको भनाइ छ। 

images

नगरपालिकाअन्तर्गतका किसानले उत्पादन गरेको अंगुर खरिद गर्दा करिब दश लाख रूपैयाँ खर्च हुने अनुमान गरिएको नगरपालिकाले जनाएको छ। अघिल्ला वर्षहरुमा अंगुर बिक्री नहुँदा किसानलाई घाटा भएको थियो।

वर्षभरि दुःख कष्ट गरेर उत्पादन गरेको अंगुर ग्राहक नपाउँदा कम मूल्यमा बेच्नुपर्ने र सित्तैमा बाँड्नुपर्ने अवस्था आउने गरेको थियो । नगरपालिकाले सम्पूर्ण किसानले उत्पादन गरेको अंगुर किन्ने निर्णयले आफूहरु धेरै उत्साहित भएको त्रिपुराकोटका अंगुर किसान कमल हमालले बताए।

यो निर्णयले किसानको मेहनत खेर नजाने उनको भनाइ छ। नगरपालिकालाई फलफूलमा आत्मनिर्भर बनाउने उद्देश्यले पूर्वमेयर स्व ओमबहादुर बुढाले भारतको नासिकबाट अंगुर ल्याएर कृषकलाई व्यावसायिक रुपमा खेती गर्न लगाएका थिए। रासस


प्रकाशित : शनिबार, साउन २७ २०८००५:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend