आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

विकास ऋणपत्रमार्फत १० अर्ब आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, साउन २६ २०८०
विकास ऋणपत्रमार्फत १० अर्ब आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक

काठमाडौं- नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ। उक्त ऋणपत्र ८ वर्षमा परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ।

विकास ऋणपत्र २०८८ 'ख' नाम राखिएको उक्त ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर-बैंक वित्तीय संस्था, बीमा कमपनी, संगठित संस्था तथा नेपाली नागरिकले समेत खरिद गर्न सक्ने छन्।

साउन २९ गते जारी हुने यस विकास ऋणपत्रको बोलकबोलका लागि साउन २८ गतेको मिति तोकिएको छ। ऋणपत्र खरिद गर्न चाहानेले उक्त समयभित्र राष्ट्र बैंकको अनलाइन स्फटवयर प्रणालीमार्फत बोलकबोलमा पेश गर्न राष्ट्र बैंकले भनेको छ। 

उक्त ऋणपत्रको ब्याजदर बोलकबोलका माध्यमबाट निर्धारण हुने र ब्याजको भुक्तानी अर्धवार्षिकरुपमा गरिने राष्ट्र बैंकले जनाएको छ। यस ऋणपत्रको कारोबार दोस्रो बजार मार्फत हुने राष्ट्र बैंकले जनाएको छ।


प्रकाशित : शुक्रबार, साउन २६ २०८००५:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend