शनिबार, जेठ ५ गते २०८१    
images
images

सेयर बजारमा एकैदिन १ सय ६१ अंकको वृद्धि

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, भदौ २१ २०७८
images
images
सेयर बजारमा एकैदिन १ सय ६१ अंकको वृद्धि

सेयर बजारका लगानीकर्ता राष्ट्र बैंकको निर्णयका कारण बजार घटेको भन्दै आन्दोलनमै उत्रिन थालेपछि अर्थमन्त्री जनार्दन शर्माले चासो दिएपछि सोमबार दिनभर बजारमा उतार चढाव भएको छ।

images
images

काठमाडौं- सेयर बजारका लगानीकर्ता राष्ट्र बैंकको निर्णयका कारण बजार घटेको भन्दै आन्दोलनमै उत्रिन थालेपछि अर्थमन्त्री जनार्दन शर्माले चासो दिएपछि सोमबार दिनभर बजारमा उतार चढाव भएको छ।

images
images
images

अर्थमन्त्री शर्माको चासोसँगै सोमबार सेयर बजारमा दिनभरी जसो उतारचढाव आएको थियो। आइतबार १ सय ८ अंकले घटेको सेयर बजार सोमबार १ सय ६१‍.९४ अंकले बढेको छ। सबै सूचकका हरियाली छाएको सेयर बजार २९ सय ८०.७८ अंक पुगेको छ। ५.७४ प्रतिशतले बृद्धि भएको बजारमा सोमबार ९ अर्ब ८२ करोड ६२ लाख २२ हजार ८ सय ७ रुपैयाँको कारोबार भएको छ। सोमबार ५० कम्पनीले सकारात्मक सर्किट लागेको छ। सोमबार अधिकांश म्युचुअल फन्ड तर्फको कारोबारमा भने नेगेटिभ सर्किट लागेको छ। 

images

अर्थमन्त्री शर्माले राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पुँजी बजारमा देखिएको स्थितिका सम्बन्धमा सोमबार गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोन गर्दै समस्या समाधान गर्न आग्रह गरेका थिए। जवाफमा गभर्नर अधिकारीले आवश्यक प्रक्रिया मिलाइ परिस्थिति सहज बनाउन प्रयास गर्ने प्रतिबद्धता जनाएका थिए। 

images
images

अर्थमन्त्री शर्माले समस्या समाधान गर्न आग्रह गरेसँगै राष्ट्र बैंकले सेयर धितो ऋणको विषयमा सोमबार यसबारे प्रष्टीकरण दिएको थियो। राष्ट्र बैंकले आफ्नो वेवसाइटमा एफएक्यु (बारम्बार सोधिने प्रश्नहरु) शीर्षकमा सेयर धितो ऋण बारे प्रष्टीकरण दिएको थियो। राष्ट्र बैंकले मौद्रिक नीतिको ब्यवस्था अनुसार निर्देशन जारी गर्दै एउटा बैंकिङ संस्थाबाट बढीमा ४ करोड र सबै गरेर १२ करोडसम्म लिन पाउने व्यवस्था गरेको छ। लगानी कर्ताहरुले सोही विषयमा आपत्ती जनाउँदै आएका छन्। यो व्यवस्थापछि सेयर बजार निरन्तर घटिरहेको थियो। 

images
images

 


प्रकाशित : सोमबार, भदौ २१ २०७८१०:०६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend