शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

विद्युत प्राधिकरणको आम्दानी १ खर्ब १८ अर्ब पुग्यो, नाफा १ अर्ब घट्यो

images
बिहीबार , साउन २५ २०८०
images
विद्युत प्राधिकरणको आम्दानी १ खर्ब १८ अर्ब पुग्यो, नाफा १ अर्ब घट्यो
images
images

काठमाडौं- नेपाल विद्युत प्राधिकरणको आम्दानी बढेर १ खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ। प्राधिकरणले विद्युत् बिक्री र अन्यबाट गर्ने आम्दानी दुई वर्षअघि ८१ अर्ब रुपैयाँ रहेकोमा अहिले बढेर १ खर्ब १८ अर्ब रुपैयाँ पुगेको हो।

images
images
images

प्राधिकरणको सञ्चित नाफा ११ अर्बबाट बढेर ३६ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ। प्राधिकरणको नाफा भने घटेको छ। प्राधिकरणको गत वर्ष २०७९/८० मा १ अर्ब ४ करोड रुपैयाँ नाफा घटेको छ। आर्थिक वर्ष २०७७/७८ मा ६ अर्ब १० करोड रुपैयाँ रहेकोमा आव २०७८/७९ मा खुद नाफा फेरि बढेर १३ अर्ब ३७ करोड रुपैयाँ पुगेको थियो। आर्थिक वर्ष २०७९/८० को अपरिस्कृत वित्तीय विवरणअनुसार प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड रुपैयाँ रहेको छ। 

images
images

गत आवमा सुक्खायामको समय बढेर खोला तथा नदीनालामा पानीको बहाव घट्दा प्राधिकरण र निजी क्षेत्रका जलविद्युत केन्द्रहरुको विद्युत् उत्पादनमा ह्रास आउँदा र आन्तरिक माग धान्‍न विद्युत् आयात केही बढ्दा नाफा प्रभावित भएको छ। 

images
images

विगत दुई वर्षमा प्राधिकरणले आफ्नै श्रोतबाट करिब ४८ अर्ब बराबरको रकम प्रसारण एवं वितरण प्रणालि विस्तार र सुधारमा लगानी गरिएको छ। साथै सरकारको कोषमा साँवा, ब्याज र रोयल्टी गरी करिब ३० अर्ब जम्मा गरेको छ।


प्रकाशित : बिहीबार , साउन २५ २०८०११:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend