मंगलबार, वैशाख ३० गते २०८२    
मंगलबार, वैशाख ३० २०८२
images
images

सेयर बजारमा देखियो वृद्धितर्फ जाने संकेत, सामान्य अंकको सुधारबीच २ अर्ब १५ करोडको कारोबार

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , साउन २५ २०८०
images
सेयर बजारमा देखियो वृद्धितर्फ जाने संकेत, सामान्य अंकको सुधारबीच २ अर्ब १५ करोडको कारोबार
images
images

काठमाडौं- गएको सातभर नै निरन्तर उतारचढावमा देखिएर यो साता लगातार घटिरहेको सेयर बजार सुधारतर्फ देखिएको छ। यो साता तीन कारोबारमा ६९.९८ अंकले घटेको बजारमा बुधबार र बिहीबार वृद्धि भएको हो।

images
images
images

बुधबार ४१.०६ अंकले बढेर २०६०.९१ बिन्दुमा पुगेको बजार बिहीबार ५.१३ अंकले बढेर २०६६.०५ बिन्दुमा पुगेको छ। १०५ कम्पनीको सेयर मूल्य बढेको बजारमा २ अर्ब १५ करोड ६५ लाख रूपैयाँको कारोबार भएको छ। 

images
images

यसअघि यो साता आइतबार ३८.३७ अंकले घटेको बजार सोमबार ३.२१ अंकले घटेर २०४८.२६ बिन्दुमा झरेको थियो। मंगलबार पनि २८.४० अंकले घटेर २०१९.८५ बिन्दुमा झरेको थियो।

images
images

प्राय सीमित लगानीकर्ताको घेराबन्दीमा परिरहने सेयर बजारमा लगानीकर्ताहरू अझै पर्ख र हेरको अवस्थामा नै छन्। बजार अहिले पुन: धरमरको स्थितिमा देखिएकाले लगानीकर्ताहरू अघि बढ्न डराइरहेको विश्लेषकहरू बताउँछन्। बजारमा लगानीकर्ताले स्थायी सुधारको आधार नभटेकाले वृद्धितर्फ जान नसकेको उनीहरूको भनाइ छ। 

अहिलेको अवस्थामा संगठित लगानीकर्ताहरू बजारको स्थायी सुधारका आधार स्पष्ट हुनुपर्ने बताउँदै आइरहेका छन्। नीतिगत साथ नमिलेको भन्दै संगठित लगानीकर्ता बेखुस रहेको बजारले उचाइतर्फ गति लिन सकेको छैन। केही कारोबार निरन्तर घट्ने र एक दिन उचाइतर्फ लाग्ने गर्दै बजार उतारचढावको अवस्थामा नै रहिरहेको देखिन्छ। 


प्रकाशित : बिहीबार , साउन २५ २०८००९:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend