आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

जति कमजोर कम्पनी आएपनि बजारमा सेयर बिक्री हुन्छ : रमेश हमाल

'नयाँ कम्पनीहरू अझै आउनु पर्छ'

बुधबार, साउन २४ २०८०
जति कमजोर कम्पनी आएपनि बजारमा सेयर बिक्री हुन्छ : रमेश हमाल

काठमाडौं- नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले पुँजी बजारमा जति कमजोर कम्पनीहरू आएपनि सेयर बिक्री हुने गरेको बताएका छन्।

‘सूचीकृत कम्पनीको संख्या कम भयो, थप सूचीकृत कम्पनी ल्याउन जरुरी छ, हामी स्वागत गर्न तयार छौँ, जसले बजारको भोलुम पनि बढ्छ, यतिका वर्षसम्म २५० वटा कम्पनी मात्रै पुँजी बजारमा सूचीकृत भएका छन्, यो एकदमै कम हो,’ उनले भने।

बुधबार धितोपत्र ब्रोकर एशोसिएसनले नयाँ धितोपत्र दलाललाई स्वागत गर्न राखिएको कार्यक्रममा बोल्दै उनले हाल जति कमजोर कम्पनीहरूले आईपीओ जारी गरेपनि त्यो सेयर बिक्री हुने गरेको धारणा राखे।

यस्तै उनले नयाँ कम्पनीहरू सेयर बजारमा आउनुपर्ने बताए। सूचीकृत कम्पनीहरू कम रहेको र नयाँ थप्न आवश्यक रहेको उनले बताएका हुन्। ‘लगानीकर्ताले समयमा सूचना पाउनु पर्छ, कारोबारमा हुने कमजोरी हुन दिनु हुन्न, ब्रोकर कम्पनीबीच प्रतिस्पर्धा गर्नका लागि ब्रोक्रर संख्या थप गरिएको हो, संस्थाहरू पब्लिकप्रति जिम्मेवार हुनुपर्छ,’ उनले भने ।

कार्यक्रममा अध्यक्ष धितोपत्र ब्रोकर एशोसिएसन नेपालका अध्यक्ष सागर ढकालले आफूहरूले नयाँ ब्रोकर कम्पनीको लाइसेन्स रोक्न धेरै संघर्ष गरे पनि सफल नभएको अनुभव सुनाए। उनले पुँजी बजारको दायरा बढाउन नयाँ ब्रोकरले भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।


प्रकाशित : बुधबार, साउन २४ २०८०१२:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend