आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

उतारचढावबीच लगातार घटिरहेको सेयर बजारमा ४१ अंकको वृद्धि

बुधबार, साउन २४ २०८०
उतारचढावबीच लगातार घटिरहेको सेयर बजारमा ४१ अंकको वृद्धि

काठमाडौं- गएको सातभर नै निरन्तर उतारचढावमा देखिएर यो साता लगातार घटिरहेको सेयर बजारमा चौथो कारोबार सुधारतर्फ देखिएको छ। यो साता यसअघिका तीन कारोबारमा ६९.९८ अंकले घटेको बजारमा बुधबार दोहोरो अंकको वृद्धि भएको हो।

बुधबार ४१.०६ अंकले बढेर २०६०.९१ बिन्दुमा पुगेको छ। दुई सयवटा कम्पनीको सेयर मूल्य बढेको बजारमा १ अर्ब ८८ करोड ८३ लाख २६ हजार रूपैयाँको कारोबार भएको छ। १८ कम्पनीको सेयर मूल्य घटेको छ भने दुई कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

यो साता आइतबार ३८.३७ अंकले घटेको बजार सोमबार ३.२१ अंकले घटेर २०४८.२६ बिन्दुमा झरेको थियो। मंगलबार पनि २८.४० अंकले घटेर २०१९.८५ बिन्दुमा झरेको थियो।

प्राय सीमित लगानीकर्ताको घेराबन्दीमा परिरहने सेयर बजारमा लगानीकर्ताहरू अझै पर्ख र हेरको अवस्थामा नै छन्। बजार अहिले पुन: धरमरको स्थितिमा देखिएकाले लगानीकर्ताहरू अघि बढ्न डराइरहेको विश्लेषकहरू बताउँछन्। बजारमा लगानीकर्ताले स्थायी सुधारको आधार नभटेकाले वृद्धितर्फ जान नसकेको उनीहरूको भनाइ छ। 

अहिलेको अवस्थामा संगठित लगानीकर्ताहरू बजारको स्थायी सुधारका आधार स्पष्ट हुनुपर्ने बताउँदै आइरहेका छन्। नीतिगत साथ नमिलेको भन्दै संगठित लगानीकर्ता बेखुस रहेको बजारले उचाइतर्फ गति लिन सकेको छैन। केही कारोबार निरन्तर घट्ने र एक दिन उचाइतर्फ लाग्ने गर्दै बजार उतारचढावको अवस्थामा नै रहिरहेको देखिन्छ। 


प्रकाशित : बुधबार, साउन २४ २०८००९:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend