आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

लगातार ओरालोतिर सेयर बजार, २८ अंकले घट्दा १ अर्ब ७३ करोडको कारोबार

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, साउन २३ २०८०
लगातार ओरालोतिर सेयर बजार, २८ अंकले घट्दा १ अर्ब ७३ करोडको कारोबार

काठमाडौं- गएको सातभर नै निरन्तर उतारचढावमा देखिएको सेयर बजार यो साता निरन्तर ओरालोमा लागेको छ। 

यो साता आइतबार ३८.३७ अंकले घटेको बजार सोमबार ३.२१ अंकले घटेर २०४८.२६ बिन्दुमा झरेको थियो। मंगलबार पनि २८.४० अंकले घटेर २०१९.८५ बिन्दुमा झरेको छ। २२ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा  १ अर्ब ७३ करोड ७ लाख रूपैयाँको कारोबार भएको छ।

अहिलेको अवस्थामा संगठित लगानीकर्ताहरू बजारको स्थायी सुधारका आधार स्पष्ट हुनुपर्ने बताउँदै आइरहेका छन्। लगातार बजारमा देखिएको उतारचढावले आत्तिएको समयमा मौद्रिक नीतिले पनि स्पष्ट विषय अगाडि नसार्दा लगानीकर्ताहरू अगाडि बढ्न नसकेको विश्लेषकहरू बताउँछन्। नीतिगत साथ नमिलेको भन्दै संगठित लगानीकर्ता बेखुस रहेको बजारले उचाइतर्फ गति लिन सकेको छैन। 

प्राय सीमित लगानीकर्ताको घेराबन्दीमा परिरहने सेयर बजारमा लगानीकर्ताहरू अझै पर्ख र हेरको अवस्थामा नै छन्। बजार अहिले पुन: धरमरको स्थितिमा देखिएकाले लगानीकर्ताहरू अघि बढ्न डराइरहेको विश्लेषकहरू बताउँछन्। बजारमा लगानीकर्ताले स्थायी सुधारको आधार नभटेकाले वृद्धितर्फ जान नसकेको उनीहरूको भनाइ छ। 


प्रकाशित : मंगलबार, साउन २३ २०८००९:१८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend