आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

३ अंकले घट्यो सेयर बजार, ११६ कम्पनीको सेयर मूल्य बढ्दा साढे दुई अर्बको कारोबार

सोमबार, साउन २२ २०८०
३ अंकले घट्यो सेयर बजार, ११६ कम्पनीको सेयर मूल्य बढ्दा साढे दुई अर्बको कारोबार

सोमबार ३.२१ अंकले घटेर बजार २०४८.२६ बिन्दुमा पुगेको छ। एक सय १६ कम्पनीको सेयर मूल्य बढ्दा बजारमा दुई अर्ब ३३ करोड ३५ लाख ७३ हजार रूपैयाँको कारोबार भएको छ।

काठमाडौं- निरन्तर ओरालाे लागेको सेयर बजारमा सोमबार पनि गिरावट आएको छ। साताको पहिलो कारोबारमा आइतबार ३८.३७ अंकले घटेको बजार दोस्रो कारोबारमा पनि बढ्न सकेन। 

सोमबार ३.२१ अंकले घटेर बजार २०४८.२६ बिन्दुमा पुगेको छ। एक सय १६ कम्पनीको सेयर मूल्य बढ्दा बजारमा दुई अर्ब ३३ करोड ३५ लाख ७३ हजार रूपैयाँको कारोबार भएको छ। सोमबार ‍‍‍एक सय कम्पनीको सेयर मूल्य घटेको छ।

यो साता आइतबार ३८.३७ अंकले घटेर २०५१.४७ बिन्दुमा पुग्दा २ अर्ब ६८ करोड ७१ लाख ४८ हजार रूपैयाँको कारोबार भएको थियो। गएको साता समग्रमा ३६.६४ अंकले घटेको बजार यो साताको दुई कारोबारमा पनि ओरालो लागेको हो।

मौद्रिक नीतिपछि लगातार घटिरहेको बजार पछिल्ला केही कारोबारमा भने उही बिन्दु वरपर अस्थिर बनिरहेको छ। बजारमा लगानीकर्ताले स्थायी सुधारको आधार नभटेकाले वृद्धितर्फ जान नसकेको विश्लेषकहरू बताउँछन्। 

अहिलेको अवस्थामा संगठित लगानीकर्ताहरू बजारको स्थायी सुधारका आधार स्पष्ट हुनुपर्ने बताउँदै आइरहेका छन्। लगातार बजारमा देखिएको उतारचढावले आत्तिएको समयमा मौद्रिक नीतिले पनि स्पष्ट विषय अगाडि नसार्दा लगानीकर्ताहरू अगाडि बढ्न नसकेको विश्लेषकहरू बताउँछन्।

प्राय सीमित लगानीकर्ताको घेराबन्दीमा परिरहने सेयर बजारमा लगानीकर्ताहरू अझै पर्ख र हेरको अवस्थामा नै छन्। बजार अहिले पुन: धरमरको स्थितिमा देखिएकाले लगानीकर्ताहरू अघि बढ्न डराइरहेको विश्लेषकहरू बताउँछन्। 


प्रकाशित : सोमबार, साउन २२ २०८००९:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend