आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

एक वर्षमा रोयल्टी र लाभांशबापत १३ अर्ब स्वीकृत 

सोमबार, साउन २२ २०८०
एक वर्षमा रोयल्टी र लाभांशबापत १३ अर्ब स्वीकृत 

नेपालमा सञ्चालित विभिन्न उद्योग व्यवसायले प्रयोग गरेको विदेशी प्रविधि, व्यवस्थापन तथा अन्य सेवाबापतको रोयल्टी भुक्तानी गर्छन्। रोयल्टी तथा नाफा फिर्ताका लागि विभागले स्वीकृति दिएपछि नेपाल राष्ट्र बैंकले भुक्तानी अनुमतिको प्रक्रिया अघि बढाउँछ।

काठमाडौं- आर्थिक वर्ष २०७९/८० मा उद्योग विभागले ३८ अर्ब रूपैयाँ बराबरको विदेशी लगानी स्वीकृत गरेको छ। विभागले गत वर्षको साउनदेखि गएको असारसम्म ३८ अर्ब ४० करोड रूपैयाँको विदेशी लगानी स्वीकृत गरेको हो। 

उद्योग विभागले सार्वजनिक गरेको विवरणअनुसार गत वर्ष कुल ३ सय २७ कम्पनी तथा फर्म दर्ता भएका छन्। 

विभागले गत वर्ष ६४ वटा प्रविधि हस्तान्तरणका सम्झौता पनि स्वीकृत गरेको छ। 

विभागले स्वीकृत गरेका उद्योग यदि सञ्चालनमा आएको खण्डमा मुलुकमा १७ हजार १२ रोजगारी सृजना हुनेछ। यसरी लगानी स्वीकृत हुनेमा अधिकांश साना आकारका उद्योग रहेका छन्। 

उत्पादनमूलक तथा होटल रेष्टुरेन्टबाहेका सेवा क्षेत्रमा विदेशी लगानी नगन्य रहेको छ। गत वर्ष विभागले २ हजार ७ सय ६४ जना लगानीकर्तालाई व्यापारिक भिसाको सिफारिस गरेको छ। 

गत वर्ष २० अर्ब रूपैयाँ बराबरको विदेशी लगानी स्वीकृत गरेको विभागले १३ अर्ब रूपैयाँ फिर्ता लैजाने अनमुति दिएको छ। विभागले रोयल्टी तथा लाभांश गरी साढे १३ अर्ब ८४ करोड रूपैयाँ बराबरको विदेशी मुद्रा फिर्ताको स्वीकृति दिएको हो। 

नेपालमा सञ्चालित विभिन्न उद्योग व्यवसायले प्रयोग गरेको विदेशी प्रविधि, व्यवस्थापन तथा अन्य सेवाबापतको रोयल्टी भुक्तानी गर्छन्। रोयल्टी तथा नाफा फिर्ताका लागि विभागले स्वीकृति दिएपछि नेपाल राष्ट्र बैंकले भुक्तानी अनुमतिको प्रक्रिया अघि बढाउँछ।

हालसम्म विदेशी लगानी उल्लेखनीय आउन सकेको छैन। केही जलविद्युत् आयोजनामा आएको एकमुस्ट लगानीबाहेक अन्य ठूला उद्योग तथा सेवामा अहिलेसम्म आकर्षक लगानी आउन सकेको छैन। 


प्रकाशित : सोमबार, साउन २२ २०८००५:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend