बिहीबार , वैशाख २७ गते २०८१    
images
images

गएको साता ३६ अंकले घटेको सेयर बजारमा यो साता पहिलो कारोबारमै ३८ अंकको गिरावट

images
बिजनेस न्युज
images
images
गएको साता ३६ अंकले घटेको सेयर बजारमा यो साता पहिलो कारोबारमै ३८ अंकको गिरावट
images
images

काठमाडौं- गएको सातभर नै निरन्तर उतारचढावमा देखिएको सेयर बजार यो साता पहिलो कारोबार ओरालोतिर लागेको छ। नीतिगत साथ नमिलेको भन्दै संगठित लगानीकर्ता बेखुस रहेको बजारले उचाइतर्फ गति लिन सकेको छैन। 

images
images
images

गएको साता समग्रमा ३६.६४ अंकले घटेको बजार यो साता आइतबार ३८.३७ अंकले घटेर २०५१.४७ बिन्दुमा झरेको छ। १८ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा २ अर्ब ६८ करोड ७१ लाख ४८ हजार रूपैयाँको कारोबार भएको छ। आइतबारको कारोबारमा १९७ कम्पनीको सेयर मूल्य घटेको छ। 

images

मौद्रिक नीतिपछि लगातार घटिरहेको बजार पछिल्ला केही कारोबारमा भने उही बिन्दु वरपर अस्थिर बनिरहेको छ। बजारमा लगानीकर्ताले स्थायी सुधारको आधार नभटेकाले वृद्धितर्फ जान नसकेको विश्लेषकहरू बताउँछन्। 

images

गएको साता आइतबारको पहिलो कारोबारमा २६.१४ अंकले घटेको बजार सोमबार ५.८४ अंकले बढेर बजार २१०६.१८ बिन्दुमा पुगेको थियो। मंगलबार पुन: २८.५९ अंकले घटेर २०७७.५८ बिन्दुमा झरेको थियो। बुधबार ९.२५ अंकले बढेर बजार २०८६.८४ बिन्दुमा पुगेको थियो। बिहीबार ३ अंकको वृद्धि देखिँदै बजार २०८९.८४ बिन्दुमा पुगेको थियो।

images
images

अहिलेको अवस्थामा संगठित लगानीकर्ताहरू बजारको स्थायी सुधारका आधार स्पष्ट हुनुपर्ने बताउँदै आइरहेका छन्। लगातार बजारमा देखिएको उतारचढावले आत्तिएको समयमा मौद्रिक नीतिले पनि स्पष्ट विषय अगाडि नसार्दा लगानीकर्ताहरू अगाडि बढ्न नसकेको विश्लेषकहरू बताउँछन्।

प्राय सीमित लगानीकर्ताको घेराबन्दीमा परिरहने सेयर बजारमा लगानीकर्ताहरू अझै पर्ख र हेरको अवस्थामा नै छन्। बजार अहिले पुन: धरमरको स्थितिमा देखिएकाले लगानीकर्ताहरू अघि बढ्न डराइरहेको विश्लेषकहरू बताउँछन्। 

images

प्रकाशित : ०९:१८
प्रतिक्रिया दिनुहोस