आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

राष्ट्रिय वाणिज्य बैंकको नाफा ४ अर्ब ९१ करोड, प्रतिसेयर आम्दानीमा उल्लेख्य सुधार

आइतबार, साउन २१ २०८०
राष्ट्रिय वाणिज्य बैंकको नाफा ४ अर्ब ९१ करोड, प्रतिसेयर आम्दानीमा उल्लेख्य सुधार

काठमाडौं- राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ९१ करोड ७१ लाख नाफा कमाएको छ। गत आर्थिक वर्ष २०७९/८० मा बैंकले १४.५४ प्रतिशतले मुनाफा बढाउन सफल भएको छ। अघिल्लो आर्थिक वर्षमा ४ अर्ब २९ करोड नाफा थियो।

बैंकको खुद ब्याज आम्दानी पनि ३२ प्रतिशतले वृद्धि भएको छ। वाणिज्य बैंकले कर्जा प्रवाह गर्दा ऋणीका सम्पूर्ण विवरण हेर्ने भएकाले पनि बैंकको खराब कर्जा नियन्त्रणमा छ। यस्तो खराब कर्जा ०.८६ प्रतिशत बिन्दुले बढेर २.९५ प्रतिशत छ।

चुक्ता पुँजी १५ अर्ब ६३ करोड रुपैयाँ रहेको छ। समीक्षा अवधिमा बैंकले २४ प्रतिशतले निक्षेप बढाएको छ भने ९.४३ प्रतिशतले कर्जा विस्तार गरेको छ। यस अवधिमा बैंकले ३ खर्ब २१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३० अर्ब कर्जा लगानी गरेको छ।

बैंकको स्प्रेडदर पनि अन्य बैंकहरूको तुलनामा तलै छ। असार मसान्तसम्ममा यस्तो स्प्रेडदर ३.९८ प्रतिशत छ। कष्ट अफ फण्ड पनि ६.११ प्रतिशत मात्रै छ। बैंकको प्रतिसेयर आम्दानी ३३ रुपैयाँ छ।


प्रकाशित : आइतबार, साउन २१ २०८००४:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend