आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

एभरेष्ट बैंकले कमायो ३ अर्ब ३९ करोड नाफा, ४.३३ अर्ब लाभांश बाँड्न सक्ने

आइतबार, साउन २१ २०८०
एभरेष्ट बैंकले कमायो ३ अर्ब ३९ करोड नाफा, ४.३३ अर्ब लाभांश बाँड्न सक्ने

काठमाडौं- आर्थिक वर्ष २०७९/८० मा एभरेष्ट बैंकका अधिकांश सुचकहरु आकर्षक देखिएका छन्। गत आर्थिक वर्ष बैंकले ३ अर्ब ३९ करोड रुपैयाँ खुद नाफा गरेको छ।

यस्तो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ९१ करोड ३७ लाख अर्थात ३६.८५ प्रतिशतले बढी हो। आर्थिक वर्ष २०७८/७९ मा यस बैंकले २ अर्ब ४८ करोड रुपैयाँ बराबर खुद नाफा गरेको थियो। बैंकले खुद ब्याज आम्दानीबाट ७ अर्ब ४४ करोड रुपैयाँ आम्दानी गरेको छ।

२२ अर्ब ४३ करोड ब्याज आम्दानी गरेको बैंकले ब्याज खर्च बापत १४ अर्ब ९९ करोड रुपैयाँ खर्च गरेको छ। ४ अर्ब ८५ करोड करयोग्य आम्दानी गरेको बैंकले सरकारलाई १ अर्ब ४५ करोड रुपैयाँ कर तिरेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले पुँजीकोष अनुपात १३.३६ प्रतिशत कायम गरेको छ। अघिल्लो वर्ष बैंकको पुँजीकोष ११.८९ प्रतिशत रहेको थियो। गत आर्थिक वर्ष बैंकको खराव कर्जा अघिल्लो वर्षको तुलनामा भने बढेको छ। अघिल्लो आर्थिक वर्ष ०.१२ प्रतिशत रहेको खराव कर्जा गत वर्ष बढेर ०.७९ प्रतिशत कायम भएको छ। 

यस्तै बैंकको कष्ट अफ फण्ड ७.३१ प्रतिशत, आधार दर ९.६७ प्रतिशत र कर्जा निक्षेप अनुपात ८६.०४ प्रतिशत रहेको छ। बैंकको स्प्रेड दर राष्ट्र बैंकले तोकेको ४ प्रतिशतको सिमाभन्दा पनि कम रहेको छ। चालु आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले स्प्रेड दर ३.९७ प्रतिशत कायम गरेको छ।

बैंकको खुद नाफा भन्दा वितरणयोग्य नाफा करिब ९४ करोडले बढी रहेको छ। गत आर्थिक वर्षका लागि बैंकले वितरणयोग्य नाफाका लागि ४ अर्ब ३३ करोड रुपैयाँ छुट्याएको छ। अघिल्लो आर्थिक वर्ष यस बैंकको वितरणयोग्य नाफा ३ अर्ब ८८ करोड रहेको थियो। बैंकको प्रतिसेयर आम्दानी ३१.७२ रुपैयाँ रहेको छ। यस बैंकले तरलता अनुपात ३३.२२ प्रतिशत कायम गरेको छ।


प्रकाशित : आइतबार, साउन २१ २०८००२:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend