आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

स्ट्याण्डर्ड चार्टर्ड बैंककाे नाफा ५६.५७ प्रतिशतले बढ्दा लाभांश क्षमता २९ प्रतिशत पुग्याे 

आइतबार, साउन २१ २०८०
स्ट्याण्डर्ड चार्टर्ड बैंककाे नाफा ५६.५७ प्रतिशतले बढ्दा लाभांश क्षमता २९ प्रतिशत पुग्याे 

काठमाडौं- स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडकाे नाफा ५६.२७ प्रतिशतले बढेकाे छ। गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ३ अर्ब ५२ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५६.२७ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब २५ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको लाभांश क्षमता २९ प्रतिशत देखिएको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ७३ करोड ३९ लाख रुपैयाँ रहेको छ। यस अनुसार बैंकको प्रतिशेयर २८ रुपैयाँ ९९ पैसा नाफा वितरण गर्न सक्ने क्षमता रहेको छ। अर्थात बैंकको लाभांश क्षमता २८.९९ प्रतिशत रहेको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५९.२१ प्रतिशत र खुद फि तथा कमिसन आम्दानी ४४.७३ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ४८.२७ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ५५.७९ प्रतिशत बढेको छ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १३ रुपैयाँ ४६ पैसा बढेर ३७ रुपैयाँ ३९ पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १४.१८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २१३ रुपैयाँ ९८ पैसा रहेको छ।

९ अर्ब ४२ करोड ९४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १० अर्ब ७४ करोड ७८ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप २५.३७ प्रतिशत बढेको छ भने कर्जा लगानी १.६९ प्रतिशत बढेको छ।


प्रकाशित : आइतबार, साउन २१ २०८००२:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend