आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

कुमारी बैंककाे नाफा २४.१४ प्रतिशतले घट्दा खराब कर्जा झन्डै ५ प्रतिशत

आइतबार, साउन २१ २०८०
कुमारी बैंककाे नाफा २४.१४ प्रतिशतले घट्दा खराब कर्जा झन्डै ५ प्रतिशत

काठमाडौं - कुमारी बैंक लिमिटेडकाे नाफा २४.१४ प्रतिशतले घटेकाे छ।  गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले १ अर्ब ९५ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ५७ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७७.११ प्रतिशत बढेर ११ अर्ब १ करोड १३ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी ६४.०६ प्रतिशत बढेर १३ अर्ब २ करोड ८२ लाख रुपैयाँ पुगेको छ। यद्यपि, बैंकको निष्क्रिय कर्जा उल्लेख्य बढेसँगै इम्पेरमेन्ट चार्जमा ५ अर्ब ७३ करोड ५८ लाख रुपैयाँ छुट्याउँदा बैंकको सञ्चालन मुनाफा र खुद नाफा घट्न पुगेको हो। समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा १.११ प्रतिशतबाट बढेर ४.७७ प्रतिशत पुगेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको वितरणयोग्य मुनाफा ८४ करोड ८३ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

नाफासँगै बैंकको प्रतिसेयर सामान्य आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १० रुपैयाँ ७ पैसा घटेर ७ रुपैयाँ ४६ पैसामा झरेको छ। असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २२.१२ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ ४७ पैसा रहेको छ।

२६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १० अर्ब ६१ करोड ३३ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप ७८.७९ प्रतिशत बढेको छ भने कर्जा लगानी ७७.३५ प्रतिशत बढेको छ।


प्रकाशित : आइतबार, साउन २१ २०८००२:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend