आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको मुनाफा ४ अर्ब २९ करोड

आइतबार, साउन २१ २०८०
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको मुनाफा ४ अर्ब २९ करोड

काठमाडौं- नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको मुनाफा १३.१४ प्रतिशतले बढेको छ। बैंकले गत आर्थिक वर्ष २०७९/८० मा ४ अर्ब २९ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ। बैंकको खुद व्याज आम्दानी भने ११० प्रतिशतले बढेको छ। मर्जर पछि बैंकको खुद व्याज आम्दानी १२ अर्ब २७ करोड पुगेको छ।

वितरण योग्य मुनाफा २ अर्ब ६० करोड रहेको छ भने मुनाफाका आधारमा प्रतिशेयर आम्दानी १६ रुपैयाँ छ।  बैंकको स्प्रेडदर ४.९९ प्रतिशत देखिन्छ।

खराव कर्जा पनि २.८६ प्रतिशत विन्दुले बढेर ४.३५ प्रतिशत पुगेको छ।  समिक्षा अवधिमा बेंकले ३ खर्ब ५४ अर्ब रुपैयाँ निक्षेप संकलन गरि ३ खर्ब ३ अर्ब रुपैयाँ कर्जा विस्तार गरेको छ।

चुक्ता पूँजी ३४ अर्ब रहेको छ भने जगेडा कोषमा २३ अर्ब ८९ करोड जम्मा भएको छ।


प्रकाशित : आइतबार, साउन २१ २०८००१:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend