आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

एनएमबिकाे नाफा ३ अर्ब ४१ कराेड, एनपिएल २.७५ प्रतिशत पुग्याे 

आइतबार, साउन २१ २०८०
एनएमबिकाे नाफा ३ अर्ब ४१ कराेड, एनपिएल २.७५ प्रतिशत पुग्याे 

काठमाडौं- एनएमबि बैंक लिमिटेडले गत वर्ष ३ अर्ब ४१ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.६३ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब २९ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३०.६० प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ५.०४ प्रतिशत बढेको छ। त्यसैगरी, समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी २१.०१ प्रतिशत बढेको छ भने सञ्चालन नाफा ६.११ प्रतिशत बढेको छ। सो अवधिसम्ममा बैंकको इम्पेरमेन्ट चार्ज १ अर्ब १६ करोड ६१ लाख रुपैयाँ रहेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको वितरणयोग्य नाफा १ अर्ब ५० करोड १८ लाख रुपैयाँ रहेको छ। यस अनुसार बैंकको लाभांश क्षमता ८.१८ प्रतिशत रहेको छ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ६५ पैसा बढेर १८ रुपैयाँ ५७ पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १२.१७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ७९ पैसा रहेको छ।

१८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १० अर्ब २४ करोड ७३ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप १३.७९ प्रतिशत बढेको छ भने कर्जा लगानी ८.२२ प्रतिशत बढेको छ। बैंककाे निष्कृय कर्जा २.७२ प्रतिशत पुगेकाे छ।


प्रकाशित : आइतबार, साउन २१ २०८००१:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend