बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

हिमालयन बैंककाे नाफा ३ अर्ब २६ कराेड, निष्कृय कर्जा ४ प्रतिशत माथि

images
आइतबार, साउन २१ २०८०
images
हिमालयन बैंककाे नाफा ३ अर्ब २६ कराेड, निष्कृय कर्जा ४ प्रतिशत माथि
images
images

काठमाडौं- सिभिल बैंकलाई प्राप्ति गरेकाे हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्ष ३ अर्ब २६ कराेड ६१ लाख खुद नाफा कमाएकाे छ। जुन अघिल्लाे वर्षकाे तुलनामा ३७.९६ प्रतिशतले बढी हाे। अघिल्लाे वर्ष बैंकले २ अर्ब ३६ कराेड ७५ लाख रुपैयाँ नाफा गरेकाे थियाे। 

images
images
images

 बैंकको खुद ब्याज आम्दानी १००.९५ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ५.४४ प्रतिशत बढेको छ। त्यसैगरी, समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ७५.६८ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ११४.८१ प्रतिशत बढेको छ।

images
images

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको वितरणयोग्य नाफा ७१ करोड १४ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

images
images

नाफा बढेपनि बैंकको प्रतिसेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३ रुपैयाँ १७ पैसा घटेर १५ रुपैयाँ ८ पैसामा झरेको छ। असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १४.११ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६५ रुपैयाँ ५८ पैसा रहेको छ।

२१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १४ अर्ब २० करोड ३४ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप ६३.४७ प्रतिशत बढेको छ भने कर्जा लगानी ५६.४२ प्रतिशत बढेको छ। बैंककाे निष्कृय कर्जा ४.५७ प्रतिशत पुगेकाे छ। अघिल्लो वर्ष त्यस्ताे कर्जाकाे अनुपात 
 १.५९ प्रतिशत मात्रै रहेकाे थियाे।


प्रकाशित : आइतबार, साउन २१ २०८००१:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend