आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

एनआईसी एसिया बैंकको नाफा ४ अर्ब ६५ करोड, वितरणयोग्य मुनाफा बढेर ३ अर्ब ६९ करोड पुग्यो

आइतबार, साउन २१ २०८०
एनआईसी एसिया बैंकको नाफा ४ अर्ब ६५ करोड, वितरणयोग्य मुनाफा बढेर ३ अर्ब ६९ करोड पुग्यो

काठमाडौं- एनआईसी एसिया बैंकले गत आर्थिक वर्ष २०७९/०८० मा ४ अर्ब ६५ करोड १३ लाख ३८ हजार रुपैयाँ खुद नाफा गरेको छ। यो नाफा अघिल्लो आव २०७८/०७९ को भन्दा १०.३५ प्रतिशतले बढी हो। अघिल्लो आवमा बैंकले ४ अर्ब २१ करोड ४९ लाख २६ हजार रुपैयाँ खुद रुपैयाँ नाफा कमाएको थियो।

बैंकको वितरण योग्य नाफामा पनि केही बढेको छ। बैंको वितरण योग्य नाफा ३ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आवको असार मसान्तससम्मको वितरण योग्ग मुनाफ ३ अर्ब ४२ करोड रुपैयाँ थियो।

यसैगरी प्रतिसेयर नेटवर्थ पनि ३८.८९ रुपैयाँले बढेको छ। असार मसान्तसम्ममा बैंकको प्रतिशेयर आम्दानी ४० रुपैयाँ २२ पैसा रहेको छ।बैंकले सो अवधिसम्ममा कर्जा व्यवसायतर्फ कुल कर्जा २ खर्ब ७१ अर्ब र निक्षेपतर्फ कुल निक्षेप संकलन ३ खर्ब १४ अर्ब रुपैयाँ पुर्‍याएको छ।

बैंकको निष्कृय कर्जा अनुपातलाई ०.८० प्रतिशतमा सीमित रहेको छ। बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८८ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ।

बैंकले आव२०७९/८० मा ६ लाख बढी नयाँ ग्राहकहरू थप गर्दै ३८ लाखभन्दा बढी बनाएको छ।

बैंकको ३६० शाखा कार्यालयहरू, ५५९ एटीएम, १११ वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ। देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको  बैंकले जनाएको छ।

स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल२३ अर्ब ५८ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा ३ अर्ब ६६ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाएको बैंकले जनाएको छ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ। देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ।


प्रकाशित : आइतबार, साउन २१ २०८००१:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend