आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

ग्लोबल आइएमई बैंकको सबै सूचकमा सुधार, नाफा ४६.२६ प्रतिशतले बढ्यो

आइतबार, साउन २१ २०८०
ग्लोबल आइएमई बैंकको सबै सूचकमा सुधार,  नाफा ४६.२६ प्रतिशतले बढ्यो

समीक्षा अवधिमा बैंकको कष्ट अफ फण्ड ८.१८ प्रतिशत र आधार दर १०.२० प्रतिशत र कर्जा निक्षेप अनुपात ८३.३७ प्रतिशत रहेको छ।

काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेडले आर्थिक वर्ष २०७९/८० मा ७ अर्ब २५ करोड ३४ लाख रुपैयाँ खुद नाफा गरेको छ। अघिल्लो आर्थिक वर्ष ४ अर्ब ९५ करोड खुदा नाफा कमाएको बैंकको नाफा ४६.२६ प्रतिशतले बढेको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६६.३७ प्रतिशत, खुद फि तथा कमिसन आम्दानी २२.४८ प्रतिशत, कुल सञ्चालन आम्दानी ५२.४९ प्रतिशत र सञ्चालन मुनाफा ४४.२६ प्रतिशत बढेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ९५ करोड ६९ लाख रुपैयाँ कायम भएको छ। बैंकको लाभांश क्षमता ८.२७ प्रतिशत रहेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको वितरणयोग्य नाफा करिब २९ करोडले घटेको छ।

अघिल्लो आर्थिक वर्ष बैंकको वितरणयोग्य नाफा करिब ३ अर्ब २४ करोड रहेको थियो। बैंकले नाफा नोक्सान वितरण खाता अन्तर्गत साधारण जगेडाकोषमा १ अर्ब ४५ करोड, क्यापिटल रिडेम्सन कोषमा ७७ करोड ९० लाख रुपैयाँ र गैर बैंकिङ सम्पत्ति अन्तर्गत अल्पकालिन लोन लस प्रोभिजन बापत ७१ अर्ब ६३ करोड रुपैयाँ छुट्याएकाले बैंकको वितरणयोग्य नाफामा कमी आएको हो। 

यस्तै बैंकको खराव कर्जा ३.०८ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष बैंकको खराव कर्जा १.२८ प्रतिशत रहेको छ। यस्तै बैंकको स्प्रेड दर ४.९६ प्रतिशत कायम गरेको छ। बैंक अफ काठमाण्डूलाई प्राप्ति गरेको यस बैंकले मर्ज सुविधाको उपयोग गर्दै स्प्रेड दर ४ प्रतिशतभन्दा बढी कायम गरेको छ। जसले बैंकको खुद नाफा तथा ब्याजदर बढाउन मद्दत गरेको छ।

समीक्षा अवधिमा बैंकको कष्ट अफ फण्ड ८.१८ प्रतिशत र आधार दर १०.२० प्रतिशत र कर्जा निक्षेप अनुपात ८३.३७ प्रतिशत रहेको छ।

नाफा बढेपनि बैंकको प्रतिसेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५६ पैसा घटेर २० रुपैयाँ २८ पैसामा झरेको छ। असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ८.९६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ ५ पैसा रहेको छ।

३५ अर्ब ७७ करोड १० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा २२ अर्ब ९१ करोड १६ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप ५३.९३ प्रतिशत बढेको छ भने कर्जा लगानी ३८.०९ प्रतिशत बढेको छ।


प्रकाशित : आइतबार, साउन २१ २०८०००:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend