आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

हवाई सुरक्षामा केन्द्रित हुँदै प्राधिकरणले तोक्यो दुर्गम क्षेत्रका विमानस्थलमा उडान समय

images
शनिबार, साउन २० २०८०
images
हवाई सुरक्षामा केन्द्रित हुँदै प्राधिकरणले तोक्यो दुर्गम क्षेत्रका विमानस्थलमा उडान समय
images
images

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले दुर्गम क्षेत्रका विमानस्थलको उडानमान कडाइ गर्ने भएको छ। मनसुनको प्रभावलाई ध्यानमा राख्दै  समयमा कडाइ गरिएको हो। मौसम प्रतिकूल हुँदा उडानमा समस्या भएको र कतिपय अवस्थामा दुर्घटनासमेत भएको भन्दै प्राधिकरणले तोकिएको समयमा मात्र उडान गर्ने, त्यसबाहेकको समयमा उडान गर्न नपाउने व्यवस्था लागू गरेको छ।

images
images
images

उड्डयन सेवा निर्देशनालयको बैठकले मनसुनको समयमा उडान सुरक्षा सतर्कता अपनाउँदै यस्तो निर्णय गरेको हो। प्राधिकरणले ३ महीनामा लागि कम सीट क्षमताका जहाज र हेलिकोप्टर उडान हुने विमानस्थलमा निर्धारित समयभन्दा अघिपछि उडान गर्न रोकेको छ। 

images
images

दुर्गममा ताप्लेजुङ, मनाङ, जोमसोम, लुक्लालगायत विमानस्थल पर्छन्। मनसुन सिजनमै नेपालमा हेलिकप्टर दुर्घटना भइसकेको छ। जोखिम न्यूनीकरण गर्न र उडान सुरक्षाका लागि यो व्यवस्था लागू गरिएको प्राधिकरणले जनाएको छ। आगामी सेप्टेम्बरसम्म यो व्यवस्थाको प्रभावकारिता हेरेर हवाई सुरक्षामा थप काम हुनेछ। गत असार २६ गते सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिकामा मनाङ एयरको हेलिकोप्टर दुर्घटना हुँदा एक नेपाली (पाइलट) र ५ विदेशी नागरिकको निधन भएको थियो।

images
images

निर्देशनालयका उपमहानिर्देशक प्रेमनाथ ठाकुर र प्राधिकरणका सम्बद्ध विभागका अधिकारीसहितको बैठकले नागरिक उड्डयन नियमावली २०५८ को परिच्छेद १० को नियम ६५ मा भएको व्यवस्थालाई कडाइका साथ लागू गर्न सम्बद्ध एयरलाइन्सलाई पत्राचार गर्ने निर्णय गरेको छ। यस्तै हवाई यातायात विभागले उडान तालिका स्वीकृत गर्दा उडान हुने विमानस्थलको अपरेशन आवरभित्र रही सम्बद्ध वायुसेवा कम्पनीको उडान तालीका स्वीकृत गर्ने निर्णय गरेको छ।

आन्तरिक विमानस्थल तथा व्यवस्थापन निर्देशिका २०७९ मा विभिन्न विमानस्थलमा निर्धारण गरिएको उडान अवधि (अपरेशन आवरे) भन्दा अघिपछि विशेष गरी जुलाई, अगस्ट र सेप्टेम्बरसम्म अतिरिक्त समय उडान सञ्चालन गर्न अनुमति नदिने, आन्तरिक विमानस्थलले उडान समयभित्र बसी सञ्चालनसम्बन्धी कार्य चुस्तदुरुस्त गरेरनगरेको अनुगमन गर्ने कार्य आन्तरिक विमानस्थल तथा सुविधादेय विभागले गर्ने पनि निर्णय भएको उल्लेख गरिएको छ।

दुर्गममा ताप्लेजुङ, मनाङ, जोमसोम, लुक्लालगायत विमानस्थल पर्छन्। आन्तरिक विमानस्थल तथा व्यवस्थापन निर्देशिका २०७९ ले पनि यी लगायत अन्य विमानस्थलहरू फाप्लु, सिमिकोट, भोजपुर, डोल्पा, थामखर्क, रारा, मसिनेचौर, बाजुरा, साँफेबगर, चौरजहारी, रूम्जाटार, बैतडी, डोटी, टिकापुर, महेन्द्रनगर, इलाम, सुकीलुम्बा, खिजी चण्डेश्वरी, रेसुङ्गा, झाङ्ग, सल्ले, खानीडाँडा, काँगेलडाँडा, बागलुङ, दार्चुला र मेघौलीमा उडान सञ्चालन समय बिहानको सिफ्ट हुनुपर्ने उल्लेख गरेको छ। यी विमानस्थलमा १६ फेब्रुअरीदेखि १५ नोभेम्बरसम्म उडान सञ्चालन समय बिहान निर्धारण गरिएको  छ। 


प्रकाशित : शनिबार, साउन २० २०८०१२:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend