आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

नेपाल बैंकको नाफा १६ प्रतिशतले बढेपनि वितरणयोग्य मुनाफामा भारी गिरावट

शनिबार, साउन २० २०८०
नेपाल बैंकको नाफा १६ प्रतिशतले बढेपनि वितरणयोग्य मुनाफामा भारी गिरावट

काटमाडौं- नेपाल बैंकको नाफा अघिल्लो आर्थिक वर्ष २०७८/०७९ को तुलनामा गत आर्थिक वर्ष २०७९/०८० मा  वृद्धि भएको छ। बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार नाफा १६.७० प्रतिशतले बढेको हो।

गत आवमा बैंकले ३ अर्ब ४१ करोड खुद नाफा गरेको छ। अघिल्लो आवमा बैंकको खुदा नाफा २ अर्ब ९२ करोड रहेको थियो। नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि सामान्य बढेको छ।

समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ ९२ पैसा बढेर २३ रुपैयाँ २२ पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १०.७२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २४८ रुपैयाँ ९४ पैसा रहेको छ। बैंकको वितरणयोग्य मुनाफा ९७ करोड ३३ लाख रुपैयाँ रहेको छ।

अघिल्लो आव असारमसान्तसम्मा बैंकको वितरण योग्य रकम ३ अर्ब ७२ करोड रुपैयाँ थियो। गत आवमा ७१ प्रतिशतले घटेको हो।

बैंकको चुक्ता पुँजी १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ रहेको छ। यसैगरी बैंकको जगेडा कोषमा २१ अर्ब ८८ करोड ४८ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप २४.७२ प्रतिशत बढेको छ भने कर्जा लगानी ४.३२ प्रतिशत बढेको छ।


प्रकाशित : शनिबार, साउन २० २०८००१:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend