आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

कृषि विकास बैंकको सबै सूचकमा सुधार, नाफा ३९.२५ प्रतिशतले बढ्यो

शनिबार, साउन २० २०८०
कृषि विकास बैंकको सबै सूचकमा सुधार, नाफा ३९.२५ प्रतिशतले बढ्यो

काठमाडौं- आर्थिक वर्ष २०७९/८० मा कृषि विकास बैंकले करिब ३ अर्ब १० करोड रुपैयाँ खुद नाफा गरेको छ।

अघिल्लो आर्थिक वर्ष २ अर्ब २२ करोड खुद नाफा गरेको यस बैंकको नाफा गत आवमा ३९.२५ प्रतिशतले बढेको छ। यद्यपि बैंकको वितरणयोग्य नाफा भने अघिल्लो आवको तुलनामा ४३.०१ प्रतिशतले घटेको छ। गत आर्थिक वर्ष बैंकको वितरणयोग्य नाफा २ अर्ब रहेको छ। अघिल्लो आव बैंकको यस्तो नाफा ३ अर्ब ५१ करोड रहेको थियो।

यस्तै बैंकको खराव कर्जा गत आर्थिक वर्ष २.४८ प्रतिशत कायम भएको छ। अघिल्लो आवको तुलनामा खराव कर्जा १८.६६ प्रतिशतले बढेको छ। आर्थिक वर्ष २०७८/७९ मा बैंकको खराव कर्जा २.०९ प्रतिशत रहेको थियो।

समीक्षा अवधिमा बैंकको कष्ट अफ फण्ड ९ प्रतिशतले बढेको छ। अघिल्लो आवमा कष्ट अफ फण्ड ६.८९ प्रतिशत रहेकोमा गत असार मसान्तमा ७.५१ प्रतिशत कायम भएको छ। 

गत आर्थिक वर्ष बैंकको आधार दर १०.६ प्रतिशत कायम भएको छ। अघिल्लो आर्थिक वर्ष बैंकको आधार दर ८.९० प्रतिशत रहेको थियो। गत आर्थिक वर्ष बैंकको प्रतिसेयर आम्दानी २०.६२ रुपैयाँ कायम भएको छ।

अघिल्लो आर्थिक वर्ष बैंकको प्रतिसेयर आम्दानी १४.१४ रुपैयाँ रहेको थियो। यस अवधिमा बैंकले ८ अर्ब ८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। बैंकको पुँजीकोष अनुपात १५.०५ प्रतिशत रहेको छ। अघिल्लो आर्थिक वर्ष यस्तो कोष १५.५९ प्रतिशत रहेको थियो।

(यसअघि तथ्यांकमा तलमाथि हुन गएकाले सच्याइएको- सम्पादक)


प्रकाशित : शनिबार, साउन २० २०८००१:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend