आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

सानिमा बैंकले कमायो २ अर्ब ६१ करोड खुद नाफा, प्रतिसेयर आम्दानी २१.०१ प्रतिशत कायम

images
शुक्रबार, साउन १९ २०८०
images
सानिमा बैंकले कमायो २ अर्ब ६१ करोड खुद नाफा, प्रतिसेयर आम्दानी २१.०१ प्रतिशत कायम

सानिमा बैंकले प्रकाशित गरेको आर्थिक वर्ष २०७९/८० को अपरिष्कृत वित्तीय विवरणनुसार बैंकले यस अवधिमा २ अर्ब ६१ करोड रुपैयाँ खुद नाफा कमाएको छ। 

images
images

काठमाडौं- सानिमा बैंकले प्रकाशित गरेको आर्थिक वर्ष २०७९/८० को अपरिष्कृत वित्तीय विवरणनुसार बैंकले यस अवधिमा २ अर्ब ६१ करोड रुपैयाँ खुद नाफा कमाएको छ। 

images
images
images

अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकले यस अवधिमा ५२ करोड ६१ लाख रुपैयाँ अर्थात २५.१७ प्रतिशतले नाफा बढाएको छ। गत आर्थक वर्ष बैंकले ६ अर्ब ४८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। २१ अर्ब ६१ करोड रुपैयाँ ब्याज आम्दानी गरेको यस बैंकले १५ अर्ब १२ करोड रुपैयाँ ब्याज खर्च गरेको छ। अघिल्लो आर्थिक वर्ष बैंकले ब्याज आम्दानीबाट १४ अर्ब ८५ करोड र ब्याज खर्च १० अर्ब १९ करोड गरेर खुद ब्याज आम्दानी ४ अर्ब ६५ करोड रुपैयाँ गरेको तियो। 

images
images

यस अवधिमा बैंकको इम्पियरमेन्ट चार्ज उल्लेखरुपमा बढेको छ। अघिल्लो आर्थिक वर्ष २७ करोड ४४ लाख रुपैयाँ रहेको उक्त खर्च बढेर गत आर्थिक वर्ष १ अर्ब  ५  करोड पुगेको छ। जसले बैंकको नाफामा कमी ल्याउन उल्लेखियरुपमा भुमिका खेलेको देखिन्छ। गत आर्थिक वर्ष यस बैंकले सरकारलाई ३५ करोड रुपैयाँ कर भुक्तानी गरेको छ।

images
images

यस बैंकको वितरणयोग्य नाफा भने अघिल्लो वर्षको तुलनामा बढेको छ। आर्थिक वर्ष २०७८/७९ मा १ अर्ब २४ करोड रहेको वितरणयोग्य नाफा गत वर्ष २ अर्ब २० करोड कायम भएको छ। अघिल्लो वर्षको तुलनामा बैंकको वितरणयोग्य नाफा करिब ९६ करोड १६ लाख रुपैयाँले बढेको छ।  

यस अवधिमा बैंकको प्रति सेयर आम्दानी २१.०२ प्रतिशत कायम भएको छ। यस्तै गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको तरलता अनुपात ३०.०१ प्रतिशत रहेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकसँग उल्लेखिय मात्रामा तरलता रहेको देखिन्छ। 

यस अवधिमा बैंकको कर्जा निक्षेप अनुपात ७९ प्रतिशत कायम भएको छ। बैंकको कष्ट अफ फण्ड ८.२७ र आधार दर १०.१५ प्रतिशत कायम भएकाले बैंकको कर्जा तथा निक्षेप दुबैको ब्याजदर उच्च नै रहेको वित्तीय विवरण देखाएको छ। बैंकले यस अवधिमा कर्जा र निक्षेपबीचको अन्तर स्प्रेड दर राष्ट्र बैंकले तोकेकै ४ प्रतिशतको सिमाभित्र सिमित गरेको छ। अघिल्लो वर्ष बैंकको यस्तो स्प्रेड दर ३.८६ प्रतिशतमा सिमित रहेको थियो। अघिल्लो वर्षको तुलनामा स्प्रेड दर बढेकाले बैंकको नाफा तथा ब्याजदर दुबैं बढ्न सहयोग पुगेको देखिन्छ।


प्रकाशित : शुक्रबार, साउन १९ २०८००४:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend