शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

जवलधारा र गहताडी गाउँमा पुग्यो बिजुली

images
बुधबार, साउन १७ २०८०
images
जवलधारा र गहताडी गाउँमा पुग्यो बिजुली

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको चार करोड रूपैयाँको लागतमा गुल्माघाट जलविद्युत् आयोजनाबाट ३८ किलोवाट विद्युत् उत्पादन भएपछि पहिलो चरणमा जवलधारा गाउँको ९७ र गहताडी गाउँका २२ घरधुरी लाभान्नित भएका हुन्। 

images
images

मुगु- सोरु गाउँपालिका-१ जवलधारा र गहताडी गाउँमा बिजुली बत्ती बलेपछि त्यहाँका बासिन्दामा खुसी भएका छन्। बिजुलीका कारण महिलालाई काम गर्न सहज हुनाका साथै कार्यबोझ पनि घटेकाले पुरुषभन्दा बढी बढी खुसी देखिएका छन्।

images
images
images

बत्ती बलेपछि भान्सा, चुलोचौको, सरसफाइदेखि वनजंगलबाट दाउरा, दियालो ल्याउने काममा सहज हुनाका साथै र कामको बोज घटेकाले उनीहरूमा खुसी छाएको हो।

images
images

'घरमा दाउरा र दियालोको प्रयोगले परिवारका लुगा छिट्टै मैला हुन्थे, भाँडाकुडा काला हुन्थे, अब बत्ती बलेपछि खाना बनाउन प्रयोग हुने दाउराको खपत कम हुने, घरमा उज्यालो गर्न दियालोको प्रयोग घटनाका साथै धुँवा कम हुने भएपछि आफूहरुको आधा काम कम भएको छ,' जवलधारा गाउँकी झपु मल्लले भनिन्, 'हामीले जति राम्रो र सफासुग्घर गरेपनि धुँवाले गर्दा मैला देखिन्थ्यौँ, अब राम्रो र चिटिक्क देखिने भयौँ।'

images
images

सोही गाउँकी जालगेडी मल्ल पनि गाउँमा बिजुली बत्ती बलेपछि खुसी छिन्। उनी भन्छिन्, 'बत्ती नहुँदा घरको काम गर्न असहज हुन्थ्यो, छोराछोरीको पढाइलेखाइमा पनि गाह्रो हुनाका साथै  घरका प्रायलाई स्वास प्रस्वास तथा अन्य समस्या देखापरेकोे थियो यी सबै समस्या बत्ती आएपछि हट्ने र आफूहरुको कार्यबोज घटेर आराम गर्न फुर्सद मिल्ने आश पलाएको छ।'

पानीको स्रोत नै नभएका यी बस्तीमा जलविद्युतबाट गाउँ झिलिमिली भएपछि सबै हर्षित छन्। बालबालिका विद्यालयबाट घर आएपछि बेलुका बत्ती नहुँदा दियालो र टुकीमा पढ्न बाध्य थिए।

दियालोका कारण बालबालिकालाई कहिले पोल्ने कहिले घर नै आगलागी हुने घटना हुँदै आएको थियो। अब बिजुलीका कारण बालबच्चाको पढाइ, सरसफाइ र आनीवानीमा समेत सुधार आउनाका साथै देश विदेशका खबर टेलिभिजनमा हेर्न पाइने भएको सोही गाउँका चक्र छत्याल बताउँछन्।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको चार करोड रूपैयाँको लागतमा गुल्माघाट जलविद्युत् आयोजनाबाट ३८ किलोवाट विद्युत् उत्पादन भएपछि पहिलो चरणमा जवलधारा गाउँको ९७ र गहताडी गाउँका २२ घरधुरी लाभान्वित भएका हुन्। 

कर्णाली प्रदेशका पूर्वमन्त्री चन्द्रबहादुर शाहीको सक्रियतामा गाउँमा बत्ती बालिएको गुल्माघाट जलविद्युत् आयोजना निर्माण समितिका अध्यक्ष कमानसिंह मल्लले जानकारी दिए।

बत्तीले गाउँ झिलिमिली भएपछि गहताडी र जवलधारा गाउँबासीलाई  मोबाइल चार्ज गर्न रेडियो बजाउन र राति पढ्न पनि सहज भएको छ। बत्तीले घरमा उज्यालो भएपछि बालबालिका खुसी हुँदै राति अबेरसम्म पढ्न थालेको शिक्षक हीरालाल शाही बताउँछन्। बिजुली बल्ने बित्तिकै विद्यार्थी कापीकलम समातेर पढन सुरु गर्छन् पहिले स्कुलबाहेक घरमा पढ्ने बानी प्राय विद्यार्थीमा थिएन शिक्षक शाहीको भनाइ थियो। गुल्मा जिउलादेखि पाँच किलोमिटर टाढा हुम्ला कर्णाली नदी मुगु किनारबाट नहर बनाइ सोही नगरबाट पानी ल्याएर जलविद्युत् उत्पादन गरिएको उक्त आयोजना निर्माण समितिले जनाएको छ। 

उक्त विद्युत् निर्माणका लागि वैकल्पिक ऊर्जाले सहयोग गरेको करिब चार करोड रूपैयाँ बजेटमा विद्युतको पोल, वाइरिङतार, आवश्यक उपकरण, पाइप खरिद तथा ढुवानीमा खर्च भएको र पावर हाउस स्थानीयवासीको श्रमदानबाट निर्माण गरिएको जलविद्युत् आयोजना निर्माण समितिका सचिव लोकबहादुर मल्लले बताए। सो आयोजनाबाट उत्पादन गरिएको ३८ किलोवाटको विद्युत् गहताडी गाउँका २२ घरधुरीमा पनि पुर्‍याइएको स्थानीयवासी ऐनबहादुर मल्लले बताए।

उक्त आयोजनाबाट नचारा गाउँका ५६, जोगीबाडा गाउँका २७, नार्थपु गाउँका ६४, धुपीगाउँका १० र जडेपानी गाउँका ४२ घरधुरीमा पनि विद्युत् पुर्‍याउने लक्ष्यका साथ पोल विस्तार र वाइरिङ गरी बत्ती बाल्ने काम अन्तिमचरणमा पुर्‍याइएको वडा नं १ का वडाध्यक्ष धनकर्ण मल्लले जानकारी दिए।

हुम्लाको कर्णाली नदीबाट गुल्मा सिँचाइ नहर प्रयोग गरेर ल्याइएको पानीबाट जलविद्युत् उत्पादनसँगै करिब १२ हेक्टर खेतीयोग्य जमिनलाई सिँचाइ गर्न टेवा पुगेको छ। पानीको स्रोत नहुँदा धान र गहुँ उत्पादनमा कठिनाइ हुँदै आएकामा गुल्मा क्षेत्रको नहरबाट पानी पुगेपछि सिँचाइमासमेत सुविधा पुगेको छ। रासस


प्रकाशित : बुधबार, साउन १७ २०८०११:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend