आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

निरन्तर उतारचढावमा सेयर बजार, सामान्य वृद्धितर्फ लाग्दा १ अर्ब ८१ करोडको कारोबार

बुधबार, साउन १७ २०८०
निरन्तर उतारचढावमा सेयर बजार, सामान्य वृद्धितर्फ लाग्दा १ अर्ब ८१ करोडको कारोबार

काठमाडौं- उतारचढावमा रहँदै निरन्तर ओरालोतिर देखिएको सेयर बजार पुन: थामिएको छ। मौद्रिक नीतिपछि लगातार १२६ अंकले घटेर एकदिन सामान्य वृद्धितर्फ लागेको बजार मंगलबारको कारोबारमा पुन: घटेको थियो। बुधबार भने बजार स्थिर देखिएको छ। 

बुधबारको कारोबार पनि उतारचढावका बीच ९.२५ अंकले बढेर २०८६.८४ बिन्दुमा पुगेको छ। ११७ कम्पनीको सेयर मूल्य बढेको बजारमा १ अर्ब ८१ करोड २४ लाख रूपैयाँको कारोबार भएको छ। ८१ कम्पनीको सेयर मूल्य घटेको छ भने १९ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।

यो साता आइतबारको पहिलो कारोबारमा २६.१४ अंकले घटेको बजार सोमबार ५.८४ अंकले बढेर बजार २१०६.१८ बिन्दुमा पुगेको थियो। मंगलबार पुन: २८.५९ अंकले घटेर २०७७.५८ बिन्दुमा झरेको थियो। 

अहिलेको अवस्थामा संगठित लगानीकर्ताहरू बजारको स्थायी सुधारका आधार स्पष्ट हुनुपर्ने बताउँदै आइरहेका छन्। लगातार बजारमा देखिएको उतारचढावले आत्तिएको समयमा मौद्रिक नीतिले पनि स्पष्ट विषय अगाडि नसार्दा लगानीकर्ताहरू अगाडि बढ्न नसकेको विश्लेषकहरू बताउँछन्। प्राय सीमित लगानीकर्ताको घेराबन्दीमा परिरहने सेयर बजारमा लगानीकर्ताहरू अझै पर्ख र हेरको अवस्थामा नै छन्। 


प्रकाशित : बुधबार, साउन १७ २०८००९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend