आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

कोभिडपछि बीमा पोलिसी सरेन्डर गर्ने बढ्दै, गत वर्षमात्रै १४ अर्ब रुपैयाँको सरेन्डर

बुधबार, साउन १७ २०८०
कोभिडपछि बीमा पोलिसी सरेन्डर गर्ने बढ्दै, गत वर्षमात्रै १४ अर्ब रुपैयाँको सरेन्डर

काठमाडौं- कोभिड १९ पछि जीवन बीमा कम्पनीहरूको बीमा पोलिसी सरेन्डर गर्नेहरूको संख्या बढ्दै गएको छ। सरेन्डर गर्नेको संख्या गत आर्थिक वर्ष २०७९/८० मा पनि अघिल्लो आर्थिक वर्षको तुलनामा १७ प्रतिशतले वृद्धि भएको छ। 

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बीमा कम्पनीहरूमार्फत १४ अर्ब २७ करोड रुपैयाँको बीमा पोलिसी सरेन्डर भएका छन्। अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा जीवन बीमा कम्पनीहरूको पोलिसी सरेन्डर १२ अर्ब रुपैयाँ थियो। 

बीमालेखको आधारमा तुलनामा २७ प्रतिशतले घटेको बीमा प्राधिकरणको तथ्यांकले देखाएको छ। आव २०७८/ ७९ मा विभिन्न कम्पनीका ८१ हजार ८६० बीमितले बीमा पोलिसी सरेन्डर गरेका थिए। गत आर्थिक वर्षको सोही अवधिमा १ लाख माथि बीमा पोलिसी सरेन्डर भएका छन्।

नेपाल लाइफ, एशियन लाइफ, महालक्ष्मी लाइफ र सानिमा रिलायन्स लाइफमा बीमा पोलिसी सरेन्डर गर्ने बीमितहरको सङख्या घटेको छ। गत आर्थिक वर्षको तुलनामा कम्पनीको बीमा पोलिसी त्याग्ने बीमितिको सङख्या तुलनामा ४.५२ प्रतिशतले घटेको छ।

नेपाल लाइफकाे गत असार मसान्तसम्म ३२ हजार १२६ बीमितले ४ अर्ब ७८ करोड ८५ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर गरेका छन्। अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा नेपाल लाइफका २६ हजार ६०३ बीमतिले ५ अर्ब एक करोड ५४ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर गरेका थिए।


प्रकाशित : बुधबार, साउन १७ २०८००७:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend