शनिबार, असार २१ गते २०८२    
शनिबार, असार २१ २०८२
images
images

साउनदेखि नै धमाधम आन्तरिक ऋण, २ खर्ब ४० अर्ब ऋण उठाउने कार्यतालिका सार्वजनिक

images
मंगलबार, साउन १६ २०८०
images
images
साउनदेखि नै धमाधम आन्तरिक ऋण, २ खर्ब ४० अर्ब ऋण उठाउने कार्यतालिका सार्वजनिक
images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण निष्कासनको तालिका सार्वजनिक गरेको छ। चालु आर्थिक वर्षमा २ खर्ब ४० अर्ब आन्तरिक ऋण उठाउने कार्यतालिका सार्वजनिक गरेको हो। 

images
images

चालु आर्थिक वर्षको पहिलो साउन महिनामै २२ अर्ब आन्तरिक ऋण उठाइने जनाइएको छ। साउन १८ गते १० अर्बको विकास ऋणपत्र बिक्री गर्ने छ। साउन २९ मा फेरि अर्को १० अर्ब उठाउने छ। यसको अवधि ८ वर्षको हुने छ। साउन २३ गते २ अर्बको ३६४ दिने ट्रेजरी बिल जारी गर्ने छ।

images
images

राष्ट्र बैंकका अनुसार ट्रेजरी बिलमार्फत ५५ अर्ब रुपैयाँ, विकास ऋणपत्रमार्फत १ र्ख ७९ अर्ब रुपैयाँ, नागरिक बचतपत्र (५ वर्षे) मार्फत ५ अर्ब रुपैयाँ र वैदेशिक रोजगार बचतपत्र (५ वर्षे) मार्फत १ अर्ब रुपैयाँ रहेको छ।

images
images
images

प्रस्तावित आन्तरिक ऋणमा ट्रेजरी बिलको २२.९ प्रतिशत, विकास ऋणपत्रको ७४.६ प्रतिशत, नागरिक बचतपत्रको २.१ प्रतिशत र वैदेशिक रोजगार बचतपत्रको ०.४ हिस्सा रहेको छ।

केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५५ अर्ब रुपैयाँ, दोस्रो त्रैमासमा पनि ५५ अर्ब रुपैयाँ, तेस्रो त्रैमासमा ५३ अर्ब रुपैयाँ र चौथो त्रैमासमा ७७ अर्ब रुपैयाँ गरी कुल २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइनेछ। खुला बजार सञ्चालन समितिले आवश्यकताअनुसार तालिकामा परिवर्तन गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ।

nrb111.jpg

nrb1111.jpg


प्रकाशित : मंगलबार, साउन १६ २०८०१२:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend