आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

साउनदेखि नै धमाधम आन्तरिक ऋण, २ खर्ब ४० अर्ब ऋण उठाउने कार्यतालिका सार्वजनिक

मंगलबार, साउन १६ २०८०
साउनदेखि नै धमाधम आन्तरिक ऋण, २ खर्ब ४० अर्ब ऋण उठाउने कार्यतालिका सार्वजनिक

काठमाडौं- नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण निष्कासनको तालिका सार्वजनिक गरेको छ। चालु आर्थिक वर्षमा २ खर्ब ४० अर्ब आन्तरिक ऋण उठाउने कार्यतालिका सार्वजनिक गरेको हो। 

चालु आर्थिक वर्षको पहिलो साउन महिनामै २२ अर्ब आन्तरिक ऋण उठाइने जनाइएको छ। साउन १८ गते १० अर्बको विकास ऋणपत्र बिक्री गर्ने छ। साउन २९ मा फेरि अर्को १० अर्ब उठाउने छ। यसको अवधि ८ वर्षको हुने छ। साउन २३ गते २ अर्बको ३६४ दिने ट्रेजरी बिल जारी गर्ने छ।

राष्ट्र बैंकका अनुसार ट्रेजरी बिलमार्फत ५५ अर्ब रुपैयाँ, विकास ऋणपत्रमार्फत १ र्ख ७९ अर्ब रुपैयाँ, नागरिक बचतपत्र (५ वर्षे) मार्फत ५ अर्ब रुपैयाँ र वैदेशिक रोजगार बचतपत्र (५ वर्षे) मार्फत १ अर्ब रुपैयाँ रहेको छ।

प्रस्तावित आन्तरिक ऋणमा ट्रेजरी बिलको २२.९ प्रतिशत, विकास ऋणपत्रको ७४.६ प्रतिशत, नागरिक बचतपत्रको २.१ प्रतिशत र वैदेशिक रोजगार बचतपत्रको ०.४ हिस्सा रहेको छ।

केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५५ अर्ब रुपैयाँ, दोस्रो त्रैमासमा पनि ५५ अर्ब रुपैयाँ, तेस्रो त्रैमासमा ५३ अर्ब रुपैयाँ र चौथो त्रैमासमा ७७ अर्ब रुपैयाँ गरी कुल २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइनेछ। खुला बजार सञ्चालन समितिले आवश्यकताअनुसार तालिकामा परिवर्तन गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ।

nrb111.jpg

nrb1111.jpg


प्रकाशित : मंगलबार, साउन १६ २०८०१२:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend